काठमाडौं । ललितपुरमा बाढी आउँदा घर भित्र पसेको हिलो प्रहरीले पन्छाउन थालेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी सुधिर राई नेतृत्वको टोलीले ललितपुर महागरपालिका-१८ मा रहेको आदिनाथमार्ग टोलमा रहेको हारमोनी कोलोनीमा सरसफाइ गरेको हो।
आइतबार बिहान १० बजेदेखि ४ बजेसम्म १३० जनाको टोलीले उक्त कोलोनीमा हिलो पन्छाउने काम गरेको हो।
उक्त टोलीले १३ वटा घरको हिलो फालेको प्रहरीले जनाएको छ।
हिलोमा फसेको एउटा चार पाङग्रे गाडी, एउटा मोटरसाइकल र १ स्कुटर समेत हिलो पन्छाएर निकालिएको थियो।