सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा सुनको मूल्य ५ सय र चाँदीको ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य भने तोलामा १ हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको कारोबार तोलामा १ हजार ९ सय ८५ रुपैयाँमा भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »