सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । पाल्पामा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनामध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचाइ ठकुरी छन् ।

बुटवलबाट पाल्पातर्फ गइरहेको लु ३१ प ६५७० नम्बरको मोटरसाइकल सोही दिशामा रहेको लु २ ख ४६३१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा मंगलबार बेलुकी करिब पौने सात बजे तानसेन नगरपालिका वडा नम्बर ८ डुम्रे भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका ठकुरीको मृत्यु भएको र मोटरसाइकल चालक रामपुर नगरपालिका १ हाँगेपिपलका १८ वर्षीय प्रविण उचाइ घाइते भएको प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए । घाइते प्रविणको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »