सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बढ्न थाल्यो काठमाडौं उपत्यकामा चहलपहल

काठमाडौं । काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ।

दसैंमा सुनसान देखिएका संघीय राजधानी काठमाडौंका सडकहरूमा अहिले सवारी साधनको संख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार आज उपत्यकाका सडकमा निजी सवारी साधन बढी देखिएका छन्।

दसैं अवधिमा काठमाडौं उपत्यकामा छिटपुट बाहेकका ठूला सवारी दुर्घटना नभएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए।

‘अन्य वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा ठूला सवारी दुर्घटना भएनन्। हाम्रा लागि यही राम्रो कुरो हो। दसैं सबैले राम्रोसँग मनाउन पाए, हामी खुसी छौँ,’ उनले भने। 

अहिले यहाँका सडकमा सवारीसाधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रूपमा बढ्न थालेको छ। 

दसैंका लागि उपत्यका बाहिर गएकाहरू पनि काठमाडौं फर्किने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »