सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शितलनिवास अगाडि प्रदर्शन गरेको आरोपमा तीन पक्राउ


काठमाडौं , बाँकेकी महिला निर्मला कुर्मीको न्यायका लागि भन्दै प्रदर्शन गर्न राष्ट्रपति कार्यालय, शितलनिवास पुगेका तीन जना पक्राउ परेका छन् ।


प्रहरी वृत्त, महाराजगञ्जको टोलीले शितलनिवास गेटबाट सकिना तेली, ललिता थारु र अनिता थारुलाई पक्राउ गरेको हो ।निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बाँकेकी मानवअधिकारकर्मी रुबि खानको नेतृत्वमा ७७ दिनदेखि कुर्मीको न्यायको माग गर्दै प्रदर्शन भइरहेको छ ।
खानसहितको एउटा समूह बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको थियो भने तीन जनाको समूह न्यायका लागि याचना गर्दै शितलनिवास पुगेको थियो । अनलाइनखबर

भर्खरै

सम्बन्धित खबर

Language »