सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतीय फूलमाला आयात रोक्न सरकारसँग माग

काठमाडौं। भारतबाट आयात हुने सयपत्री लगायतका फूलमाला रोक्न नेपाल सयपत्री फूलमाला उत्पादक केन्द्रीय संघले सरकारसँग माग गरेको छ ।

तिहारमा बढी माग हुने फूलमाला भारतबाट आउँदा नेपाली किसानहरुले आफूले उत्पादन गरेका फूलमालाले बजार भाउ नपाउने गुनासो गर्दै आएका छन् ।

नेपाल सयपत्री फूलमाला उत्पादक संघका केन्द्रीय अध्यक्ष बालकृष्ण चौलागाईंले तिहार लगायत चाडपर्व आउन थालेपछि नेपाली फूलमाला उत्पादक किसानहरुलाई अप्ठेरोमा पार्ने काम हुँदै आएको बताउँछन् ।

त्यसैले भारतबाट आउने सयपत्री लगायतका फूलमालाको आायतमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको उनले बताए । यस वर्ष नेपालकै धेरै ठाउँमा खेती गरिएका सयपत्री फूलले बजारको प्रतिक्षा गरिरहेको उनको भनाइ छ ।

‘नेपाल सरकारलाई त्यो भारतीय फूलमाला रोक्नको लागि अनुरोध गर्दछौं र सम्पूर्ण सयपत्री फूलमाला उत्पादक किसानलाई सजग रहन र भारतीय फूलमाला रोक्न अनुरोध गर्दछौं,’ अध्यक्ष चौलागाईंले भने ।

नेपाली सयपत्री फूलमाला मात्रै प्रयोग गर्न पनि उनले अनुरोध गरे ।

दीपावली आउनै लाग्दा फ्लोरीकल्चर एसोसिएसनले नेपाली किसानले उत्पादन गरेको फूलमालाले नेपाली बजारको माग नधान्ने र भारतीय बजारबाट थप माला नेपाल आयात गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै उनले खेद प्रकट गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »