सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुटपीट गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । मोरङमा फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-११ का बब भनेर चिनिने २४ वर्षीय राजकुमार सहनी छन् ।

उनीमाथि कात्तिक ४ गते एक फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गरी फरार रहेको आरोप लगाइएको छ । उनले ती फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गर्दा दुवै हात भाँच्चिएको र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार राति करिब ११ बजे विराटनगर बसपार्कबाट नियन्त्रणमा लिएर कुटपीट तथा अंगभंग शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी वेदप्रकाश जोशीले जानकारी दिए ।

त्यस्तै मोरङ प्रहरीले आइतबार दिउँसो करिब ३ बजेको समयमा पोखरीमा हाम फालेका एक व्यक्तिको पनि उद्धार गरेको छ । आपसी घरायसी विवादका क्रममा घर छेउमा रहेको पोखरीमा हाम फालेका २४ वर्षीय एक पुरुषलाई उद्धार गरिएको डीएसपी जोशीले जानकारी दिए ।

डीएसपी जोशीका अनुसार गरिएका गरिएका ती व्यक्तिको अहिले उपचारका लागि कोशी प्रादेशिक अस्पताल विराटनगर पठाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर छ ।

भर्खरै

सम्बन्धित खबर

Language »