सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिहारका लागि सयपत्री फूल टिप्दै किसानहरू

काठमाडौं। तिहारको समयमा अत्यधिक माग हुने सयपत्री र गोदावरी फूल टिप्न काठमाडौं इचंगु, कल्लाबारीका किसानहरूलाई चटारो छ।

काठमाडौं उपत्यकाको पुष्प केन्द्रको रूपमा पनि परिचित इचंगु क्षेत्र अहिले सयपत्री, गोदावरी फूलले ढकमक्क छन्।

बिहानैदेखि किसानहरू आफ्नो बारीमा पुगेर फूल टिप्नमै व्यस्त हुने गरेका छन्।

आजदेखि यमपञ्चक सुरू भएसँगै सयपत्री र गोदावरी फूलको माग पनि बढ्ने गरेको छ।

यहाँ उत्पादन भएका फूलहरू काठमाडौं उपत्यकामै खपत हुने गरेका छन्। किसानहरूले फूल टिप्न सुरू गरेसँगै काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न ४६ स्थानमा बिक्रीका लागि स्थान तोकिदिएको छ।

मेयर बालेन शाहले प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोकको घोषणा गर्दै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धनको व्यवस्था गर्न प्रबन्ध मिलाइएको फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »