सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील व्यवसायीहरुको शुभकामना आदान प्रदान र प्राथमिक उपचार बक्स वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं,पश्चिमक्षेत्र अन्तर्गत पर्ने बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिको आयोजनामा भएको शुभदिपावली,नेपाल संवत् ११४५तथा छठ पर्व २०८१को शुभकामना आदानप्रदान,चियापान र ग्रील तथा स्टील व्यवसायको कार्यस्थलमा हुने सामान्य दुर्घटनामा प्रयोग गर्न सकिने प्राथमिक उपचार बक्स वितरण कार्यक्रम सम्पन्न भएको छ ।
एरिया समितिको कार्यालय चःमतीमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठ अतिथिको रुपमा महासंघका प्रथम उपाध्यक्ष केदार अधिकारी,महासंघका उपाध्यक्ष जिवन भट्टराई,महासंघका केन्द्रिय सदस्य बालमुकुन्द नकर्मी,तोक बहादुर गधराज(तोकेन्द्र),काठमाडौं जिल्लाका उपाध्यक्ष राम प्रमोद ठाकुर रहनु भएको थियो भने कार्यक्रम एरिया समितिको अध्यक्ष राजकुमार खड्काको सभापतित्वमा भएको थियो ।
एरिया समितिका सचिव भरत कुमार गधराजले सन्चालन गर्नु भएको कार्यक्रममा एरिया समितिका पदाधिकारी तथा सदस्य लगायत एरियाका व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले शुभदिपावली,नेपाल संवत् ११४५तथा छठ पर्व २०८१को शुभकामना दिनुको साथै यो एरिया समितिले शुरु गरेको प्राथमिक उपचार बक्स वितरण कार्यक्रम निकै प्रभावकारी र समय सापेक्ष भएको भन्दै कार्यक्रम आयोजना गर्ने एरिया समितिलाई आभार समेत व्यक्त गर्नु भएको थियो ।
ग्रील तथा स्टील व्यवसायी संघको इतिहासमा आफ्नै निजि भवनमा कार्यालय सन्चालनगर्ने पहिलो एरिया समितको रुपमा चिनिएको यस एरियाले बिगत केहि बर्ष देखि शुभकामना आदान प्रदान,दहि चिउरा खुवाउने लगायतका नियमित कार्यक्रमहरु गर्दै आई रहेको छ ।
यो एरिया समितिलाई नमुना एरिया समितिको रुपमा स्थापित गराउन हिजो अग्रज नेतृत्वहरुले शुरु गरेका कार्यहरुको निरन्तरता र नयाँ कार्यहरुको थालनी गर्नु आफ्नो दायित्व भएकोले यस्ता कार्यक्रमहरु नियमितरुपमै अगाडी बढी रहेको एरिया समितिका अध्यक्ष राजकुमार खड्काले बताउनु भयो ।
प्रमुख अतिथिको मनतव्य राख्दै महासंघका अध्यक्ष ठुलो बाबु श्रेष्ठले आफु यहि एरियाको सदस्य हुँदै महासंघको अध्यक्षको जिम्वेवारीमा पुगेको स्मरण गर्दै पदमा रहँदा र नरहँदा पनि आफु व्यवसायीहरुको भलो चिताउने बताउनु भयो । व्यबसायीहरुको हर सुख ,दुःखमा आफ्नो साथ रहने भन्दै अध्यक्ष श्रेष्ठले यो व्यवसायमा देखिएको समस्या समाधान गर्न आफुले सरकारी र निजि क्षेत्र संग समेत सहकार्य गरेर कार्य गर्न पहल गरिरहेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले यो व्यवसायमा देखिएको पुस्ता हस्तान्तरणको बिषयमा गंभिर हुँदै काठमाडौं उपत्यकामा सामुहिक लगानीमा ठुलो उद्योग बनाएर अगाडी बढ्न सकिने बिषयमा आफुले सोचि रहेको बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »