नेपालगन्ज , घोराही सिमेन्ट इन्डष्ट्रीजले आफ्नो नयाँ उत्पादन ‘ढलाइ’ मिक्स पी.पी.सी. सिमेन्ट बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक कम्पनीले उत्पादन गरेको नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको छ ।
कम्पनीका सेल्स हेड आदित्य सर्राफले नयाँ उत्पादनले नेपाली निर्माण सामाग्री उद्योगहरुमा नवप्रवद्र्धनको ढोका खोल्ने अपेक्षा लिइएको बताए । ‘ढलाइ मिक्स पी.पी.सी. सिमेन्ट गहिरो अनुसन्धानको परिणाम हो, जसले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ,’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘यस उत्पादनले प्रारम्भिक मजबुती, उच्च टिकाउपन र छिटो सेट हुने गुण प्रदान गर्छ, जसले घरका बिम, स्ल्याब, जग र पिलरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ ।
यो उत्पादनले घर निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास निर्माणकर्तामा दिलाउँछ ।’ गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माण सम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डष्ट्रीजले यस उत्पादनको निर्माण गरेको बताइएको छ ।
ढलाइ मिक्स पी.पी.सी. सिमेन्ट मार्फत घोराही सिमेन्ट इन्डष्ट्रीजले घर निर्माणकर्तालाई ओ.पी.सी. सिमेन्टको मजबुतीका साथ, मुल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ । ढलाइ मिक्सको आगमनसँगै घोराही सिमेन्टले नेपालको दिगो र नवप्रवर्तनशील निर्माण अभ्यासलाई अझ सशक्त समर्थन प्रदान गर्ने आफ्नो मिसनलाई निरन्तरता दिएको छ ।