सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इन्द्र बहादुर मोक्तानको उपचारको लागि बाह्रबिसे काठमाडौं सम्पर्क समन्वय समिति द्वारा सहयोग प्रदान

काठमाडौं । सिन्धुपाल्चोकको केहि युवा व्यवसायीहरुको पहलमा करिब तिनहप्ता अगाडी देखि उच्चरक्तचापको बिरामी भई बिर अस्पतालमा उपचार गराई हाल आफ्नै कोठामा रहेका इन्द्र बहादुर मोक्तानको उपचारको लागि सहयोग प्रदान गरिएको छ ।
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं.५ कल्लेरी स्थाई ठेगाना भई हाल भक्तपुर बोडे बस्ने इन्द्र बहादुर मोक्तानको उपचारको लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत बाह्रबिसे काठमाडौं सम्पर्क समन्वय समितिको पहलमा रु. १५,५२०/ जम्मा गरि प्रदान गरिएको हो ।
सहयोग रकम नेकपा(मओवादी केन्द्र)का युवा नेता भिम प्रसाद पराजुली को हातबाट हस्तान्तरण गरिएको थियो ।
नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष सुशिल मोक्तान,सचिव प्रदिप पौडेल तथा युवा व्यवसायी शारदा प्रसाद पराजुली सहयोग हस्तान्तरण गर्न बिरामी भएकै ठाउँमा पुग्नु भएको थियो ।
हेर्दा सहयोग रकम सानो भए पनि यसले भावनात्मक सम्बन्धको बिकास गर्न महत्वपुर्ण भुमिका खेल्ने भन्दै, आम युवा व्यवसायीहरुले हातेमालो गर्दै यस्ता सामाजिक कार्यहरुमा आफ्नो प्रभावकारीता देखाउन सके फेरी पनि माओवादीलाई २०६४कै स्थानमा पुर्याउन सकिने समन्वय समितिका अध्यक्ष सुशिल मोक्तानले बताउनु भयो ।
भाषणमा हैन माओवादी अब व्यवहारमा सुध्रिनु आवश्यक भएको भन्दै ,युवा हरुको जोस र जाँगरलाई राजनैतिक शक्तिमा रुपान्तरण गरेर शान्ति,बिकास र उत्पादनमा माओवादी लाग्नुको बिकल्प नभएको अध्यक्ष मोक्तान बताउनु हुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »