काठमाडौं । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको आत्म बृतान्त “ आधा शताब्दी” माथि आज एक कार्यक्रम बिच चर्चा परिचर्चा भएको छ ।
लोमश वाङमय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सापकोटाको पुस्तक “ आधा शताब्दी” माथि चर्चा भएको हो ।
लोमश वाङमय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे “अटल” को सभापतित्व तथा साहित्यकार एवं रचनाकार राम बहादुर पहाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम लोमश वाङमय प्रतिष्ठानका सचिव नविन पल्लवले सन्चालन गर्नु भएको थियो ।
साउथ वेस्टर्न स्टेट कलेज बसुन्धारामा भएको कार्यक्रममा टानका पुर्व अध्यक्ष सिताराम सापकोटा , परिर्चाकार डा.दीनबन्धु शर्मा , ज्योति अधिकारी,शकुन्तला पाण्डे देवकोटा ,डिल पौडेल,तेज गुरुङ, संगीतकार नरहरी प्रेमी,लगायत साहित्यकार हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित महानुभाव हरुलाई संस्थाकी कार्य समिति सदस्य कमला घिमिरे अधिकारीले स्वागत मनतव्य बाट स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा लेखकको किताब माथि चर्चा गर्दै आत्म बृतान्त र संस्मरणमा हुनु पर्ने गुणहरु भएको तथा आम पाठक वर्गले सहजतरिका संग बुझ्ने भाषमा लेखिएको भएकोले लेखन क्षेत्रमा लेखकले आफ्नो इमान्दारिता प्रस्तुत गरेको भन्दै लेखकको प्रसंसा समेत भएको थियो ।
परिचर्चाकार डा.दीनबन्धु शर्माले लेखकको प्रयास अत्यन्तै राम्रो हुँदा हुँदै पनि कतै कतै चुकेको बिषयमा समेत सचेत गराउनु भएको थियो ।
कार्यक्रमको पहिलो सेसनमा पुस्तक माथि चर्चा गरिएको थियो भने दोश्रो सेसनमा लोमश वाङ्मय प्रतिष्ठानको नियमित श्रृंखला अन्तरगत साहित्यकार मन्दिरा मधुश्री , प्रभाती किरण, होम शंकर बास्तोला , विपिन मर्म, बिमला दाहाल, रुबि सन्याल, माधव बिडारी,रुपक अलंकार, पार्वती भट्ट बाट गजल बाचन भएको थियो भने अन्य साहित्यकार हरु बाट समेत प्रतिनिधि मुलक गजल वाचन भएको थियो ।
आफ्नो पुस्तकबारे बोल्दै लेखक रामप्रसाद सापकोटाले आफु कुनै साहित्यकार वा प्रवाभशालि लेखक नभएर एक सामान्य मान्छे भएकोले यसमा कुनै ढाँट छल नगरिकन आफ्नो जीवन यात्राका भोगाई तथा अनुभवहरुलाई शब्दको माध्यमबाटआम पाठक वर्गलाई पस्कने जमर्को मात्र गरेको भन्दै कतै शब्द वा वाक्य नमिलेको भए मिलाएर बुझिदिनुहुन आग्रह समेत गर्नु भएको थियो ।
यहि कार्यक्रम मार्फत भर्खरै मात्र दर्ता भएर ताते ताते मै हिडिरहेको संस्था लोमश वाङ्मय प्रतिष्ठानलाई अझै व्यवस्थित बनाएर अगाडी बढाउन लेखक तथा पर्यटन व्यवसायी राम प्रसाद सापकोटाले रु १ लाख बराबरको अक्षयकोष स्थापना गरिदिने घोषणा समेत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राम बहादुर पहाडीले आफुले लेखेको गजलले तिन पटक सम्म पुरस्कार पाउँदा समेत आफु अनविज्ञ रहेको भन्दै दुखेसो व्यक्त गरेको थिए । पछिल्लो समय सर्जकहरुलाई नचिनाई गायक वा गायीका मात्र भाईरल हुने प्रथा बस्दा सर्जकहरु मारमा परेको पहाडीको भनाई रहेको थियो ।
उमेरले ८५ बर्ष लागेका पहाडीले आफ्नो सांगीतिक उत्तराधिकारीको रुपमा नरहरी प्रेमीलाई लिएको भन्दै ६ वटा गजल जिम्मा लगाएको बताए । यो उमेरमा समेत स्टेजमा गजल गाएर पहाडीले सबैको मन जित्न सफलहुनु भएको आयोजकको दावी छ ।