सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य

काठमाडौं ।  नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ८० किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »