काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमापारी विभिन्न देश पठाइदिन्छु भन्दैरकमठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेहरूमाभक्तपुर नगरपालिका–० कमलविनायकबस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँ गाउँ ठेगाना भइ काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धि बहादुर बस्याल रहेका छन् ।
पक्राउमध्ये ज्वालारामले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र बुद्धिबहादुरले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई बागबजारबाट र बुद्धिबहादुरलाई सामाखुशीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।