काठमाण्डौं । न्युजलाईन्स मिडिया प्रा.लि.ले आफ्नो ९ औ बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पुस ५ गते शुक्रबार डाडाँ गाउँ स्थित ग्रिन भ्याली रिसोर्टमा उक्त बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्व तथा न्युज लाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजकत्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा उपस्थित हुनुहुन्थ्यो ।
मिडियाकर्मी विष्णुमाया पौडेलले सन्चालन गर्नुभएको कार्यक्रममा मिडियाका सल्लाहकार तथा समाजसेवी राम प्रसाद न्यौपानेले उपस्थित सबैलाई स्वागत मन्तब्य बाट स्वागत गर्नु भएको थियो ।
९ औ बार्षिकोत्सवको अवसरमा नेपालका प्रथम उपराष्ट्रपति झाले संचारकर्मी, पर्यटन व्यवसायी, नृत्यकला निर्देशक, समाजसेवीहरुलाई सम्मान गर्नुभयो ।
सम्मानित हुने हरुमा संचार क्षेत्रबाट राज्यदैनिकका अध्यक्ष एवं कार्यकारी सम्पादक तथा सचेतना कार्यक्रम नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता एवं निर्देशक सरोज ओझा, कर्पोरेट खबरका अध्यक्ष एवं संस्थापक सम्पादक उज्ज्वल जंग शाह, दैनिकी डटकमका प्रधान सम्पादक माधव तिवारी, रातोपाटीका समाचार सम्पादक राजकुमार सिग्देल, सञ्चारकर्मी डिबी पराजुली, राष्ट्रिय समाचार समितिका कृष्णराज गौतम, एक्येबद्धता मासिककी सम्पादक मिना तिवारी घिमिरे, रेड मिडियाकी संचालक विष्णुमाया पौडेल र हिमालय टाइम्स दैनिकका बजार व्यवस्थापन प्रमुख रविन्द्र बाराही रहनु भएको थियो ।
त्यस्तै, पर्यटन व्यवसायीहरू नानुकाजी अर्याल, खुसी गुरुङ, कृष्ण बस्याल, हरेराम कार्की, र नृत्य निर्देशक प्रमिला रिजाल, समाजसेवामा योगदान दिने लाईन्स राजेशदास हिमालय, प्रेम पुरी, र कुमारी बाँठा मगर (मनु) पनि सम्मानित हुनुभयो । प्रथम उपराष्ट्रपति झाले उहाँहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बार्षिकोत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै न्युजलाईन्स मिडियाले समाजलाई सशक्त र सचेत बनाउने अभियानमा र्पुयाएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “संचारमाध्यम समाजको दर्पण हो। यसले सत्य र तथ्य उजागर गर्दै देशको समृद्धिमा टेवा र्पुयाउन महत्वपूर्ण भूमिका खेल्छ। न्युजलाईन्स मिडियाले ( वर्षको यात्रामा जुन इमानदारी र प्रतिबद्धता देखाएको छ, त्यसले यसको विश्वसनीयता अझै माथि र्पुयाएको छ”।
कार्यक्रममा जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, सोफा उत्पादक संघका केन्द्रीय अध्यक्ष तारालाल धरेल, काठमाडौँ उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा,बरिष्ठ पत्रकार निलकण्ठ तिवारी लगायत अतिथिहरूले न्युजलाईन्स मिडियाको योगदानको प्रशंसा गर्दै संस्थालाई आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।