नेपालगञ्ज,नेपालगञ्ज उप–महानगरपालिकाले अबदेखि श्रमिक, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहतको सट्टा रोजगार दिने भएको छ ।
नगरका २३ वटै वडामार्फत विपन्न समुदायका लागि काम दिन लागिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
वडाका योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन गरि स्थानीय बासिन्दालाई रोजगार दिन लागिएको उपप्रमुख मगरले बताउनुभयो ।
यसरी काम दिदा एउटा घरबाट कम्तिमा एकजनालाई रोजगार दिने नीति लिइएको छ ।
उपभोक्ता समितिमार्फत स्थानीयलाई काम दिदा वास्तविक श्रमिक र मजदुरहरु काममा आउने विश्वास उपमहानगरपालिकाको छ ।