काठमाडाैँ। म्याग्दीमा एकैदिन १४ जना कोरोना (भाइरस) संक्रमित निको भएर घर फर्किएका छन् । भारत र खाडी मुलकको विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका उनीहरुलाई कोरोना पुष्टि भएपछि खुल्ला मञ्चको शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालित आइसोलेसनमा राखिएको थियो ।
आइसोलेसनमा उपचार गराइरहेका १४ जना पुरुषको पछिल्लो स्वाब नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि सोमबार घर पठाइएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
उनीहरु सबै पुरुष हुन् । २० बेड क्षमताको आइसोलेसनमा आइतबार कोरोना पुष्टि भएका छ जनालाई राखिएको छ । हालसम्म ५ जना महिलासहित ३४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
म्याग्दीमा हालसम्म ६५६ वटा स्वाब संकलन गरेर कोरोनाको परिक्षण भएको छ । क्वारेन्टिनमा बसेका ४१ ज्नाको रिपोर्ट आउन बाँकी छ । भरतबाट आएर ४० दिन क्वारेन्टाइन र आइसोलेसनमा बसेर कोरोना निको भएपछि घर जान लागेका मंगला-२ पैयुपाटाका नरबहादुर किसानले आत्मबल भएमा कोरोनालाई जित्न सकिने अनुभव सुनाए ।
कोरोना जितेर घरमा गएकालाई सम्मानपूर्वक व्यवहारको व्यवहारको अपेक्षा राखे । भारत, खाडी मुलुक र युरोपका देशमा रोजगारी गुमेर, अप्ठ्यारोमा परेपछि अलपत्र परेका म्याग्दीका ४५० जनालाई उद्दार गरेर ल्याइएको छ ।
याे समाचारलाई अन्नपुर्ण पत्रिकाले प्रकाशन गरेकाे छ ।