काठमाडौं । बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ ।
बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।