काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी भदौ महिनाको सुरुवातमा परीक्षा सुरु नगर्न आग्रह गरेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयलगायतका शैक्षिक संस्थाहरुसँग भदौको सुरुवातमा परीक्षा सुरु नगर्न आग्रह गरेका हुन् ।
भदौ महिनाको सुरूवातदेखि नै परीक्षाको तालिका सार्वजनिक गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले विविध कठिनाइहरु यथावत रहेका कारण व्यवहारिक र उचित समयमा परीक्षा लिन माग गरेका छन् ।