काठमाडौं। नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्काकाे मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका खड्काकाे उपचारका क्रममा मंगलबार मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारद्वारा सेनापतिमा नियुक्त भएका थिए । लेफ्टिनेन्ट जनरल खड्काको प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको थियो ।
प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको ५५ औं दिनमा उनको आज मृत्यु भएको हो ।