मंसिर २१, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते



विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्।

सोमवार बिहान सो दुर्घटना हुँदा हर्षा लोबो भारतीय ध्वजावाहक एअर इन्डियाको बोइङ-७७७ को उडानका लागि तयारी गर्दै थिइन्।

सो घटनालाई दु:खद भन्दै एअर इन्डियाले एउटा विज्ञप्तिमा त्यसबारे अनुसन्धान हुँदै गरेको जनाएको छ।

उसका अनुसार ती कर्मचारी बोइङ-७७७ को ढोका लगाउन लाग्दा भुइँमा खस्न पुगेकी हुन्।

विमानभित्र यात्रुका नाक र कानबाट रगत

भारतमा बिहीवार आन्तरिक सेवामा रहेको एउटा विमानका कर्मचारीहरूले क्याबिनभित्र हावाको उचित चाप व्यवस्थापन गर्ने स्विच थिच्न बिर्सिँदा सो विमानलाई फर्काउन बाध्य भएको नागरिक उड्डयन अधिकारीहरूले बताएका छन्।

सो घटनाका कारण मुम्बईबाट जयपुरतर्फ उडेको जेट एयरवेज विमानमा कार्यरत कर्मचारीहरूलाई निलम्बित गरिएको छ।

सो घटनाबारे छानबिन भइरहेको बताइएको छ।

रगत

सामाजिक सञ्जालमा राखिएका जानकारीहरूमा यात्रुहरुले अक्सिजन मास्क लगाइरहेको देखिएको छ।

अधिकारीहरूका अनुसार उक्त असावधानीका कारण केही यात्रुहरुको नाक र कानबाट रगत बग्नुका साथै कतिपयको टाउको दुखेको थियो।

मुम्बई फर्काइएका यात्रहरूलाई चिकित्सकले उपचार गरेका थिए।


अस्पताल पठाउनुअघि उनलाई विमानस्थलमा चिकित्सकहरूले परीक्षण गरेका थिए।

विमानस्थलका एक अधिकारीले समाचारपत्र द हिन्दूलाई ती कर्मचारी होसमै रहेकी तर उनको दाहिने खुट्टाको हड्डी चर्किएको र उनलाई अन्यत्र पनि चोट लागेको बताएका छन्।



अन्तरबार्ता
१३ औं साग गेमकाे मंसिर १५ गते भव्य उदघाटन गर्ने तयारी (भिडियाे सहित)

१३ औं साग गेमकाे मंसिर १५ गते भव्य उदघाटन गर्ने तयारी (भिडियाे सहित)

काठमाडाैँ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) काे तयारी भव्यताका साथ भैरहेकाे छ । ...

मंसिर ६, २०७६
दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)

दशरथ रंगशालाकाे मुहार फेरिदै (भिडियाे सहित)

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले दक्षिण एसियाली खेलकुद (साग) गेम सभ्य ...

कार्तिक २३, २०७६
नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)

नेपाल समृद्ध हुन राजनीतिक नेतामा इमानदारिता हुनु पर्छः नेता सुबिर खनाल (भिडियाे सहित)

काठमाडाैँ । नेपाली कांग्रेसका तत्कालीन पूर्व प्रधानमन्त्रीहरू गिरिजा प्रसाद काेइराला, शुशिल काेइराला र नेपाली कांग्रेसका ...

कार्तिक २२, २०७६
विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्।सोमवार ...

आश्विन २९, २०७५
फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

काभ्रे तिमाल स्थायी निवासी छेटुप तामाङ्ले स्थानीय पन्च कन्या मा. बि. मा एसएलसी सकाएर क्याम्पस ...

आश्विन ५, २०७५
बिपी - माओको महत्वपूर्ण  वार्ता (इतिहास )

बिपी - माओको महत्वपूर्ण वार्ता (इतिहास )

चिनियाँ नेता माओत्सेतुङले ५८ वर्षअघि, १८ मार्च १९६० मा चीन भ्रमणमा रहेका नेपालका तत्कालीन प्रधानमन्त्री ...

जेठ १९, २०७५