मंसिर २४, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
चुनौति र सम्भावनाको संघारमा अन्तर्राष्ट्रिय तामाङ सम्मेलन



चुनौति र सम्भावनाको संघारमा अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

काठमाडौं । अन्तर्राष्ट्रिय  तामाङ सम्मेलन भारतको मिरिकमा यहीँ डिसेम्बर १४, १५,१६ मा हुँदै छ । यो चौथो सम्मेलनमा सहभागिता हुन अमेरिका , युरोप , अष्ट्रेलिया , खाडी मुलुक देशहरुबाट अाउने क्रम जारी रहेको जानकारी प्राप्त भएको छ । नेपाल तामाङ घेदुङका अन्तर्राष्ट्रिय विभाग प्रमुख टासी लामाले जानकारी दिए अनुसार चौथो सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । 


अन्तर्राष्ट्रिय  तेस्रो सम्मेलनबाट पारित विधि विधान के कति कार्यान्वयन भएको छ समिक्षा सहित नयाँ विधान र नयाँ कार्य समिति निर्माणको तयारीमा जुटिरहेको सुचना प्राप्त भएको छ ।


तामाङहरुको साझा ग्लोवल एजेन्डाको विषयमा कार्य गर्ने यो संस्था संस्थाहरूको संस्था हो । यसर्थ पनि साझा मुद्दाहरुमा सल्लाह सुझाव दिने बाहेक कुनै संस्थालाई दबाउने यसको अभिप्राय नरहेको पनि जनाएको छ । 


यो चौथो सम्मेलनबाट अस्पष्ट केहि नीतिहरुलाई स्पष्ट रुपमा सच्चाउँदै अन्तर्राष्ट्रिय तामाङ समुदायको चिन्ता र चासोको विषयमा काम गर्ने नीति लिएको नेपाल तामाङ घेदुङ संघका अन्तर्राष्ट्रिय विभागका प्रमुख टासी लामाले बताउनु भयो ।

 

नेपाल तामाङ राष्ट्रिय घेदुङले अाजको यस डिजिटल युगलाई अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको प्रचारप्रसारको सन्दर्भमा प्रयोग गर्न चुकेको प्रष्ट देखिन्छ । अब अन्तर्राष्ट्रिय तामाङ सम्मेलन हुन करिब १० दिन मात्र बाँकी हुँदा पनि यो सम्मेलनको बारेमा सम्बन्धित सस्था बाहेक तामाङ समुदायमा यसको कुनै प्रभावकारी चर्चा भएको भेटिंदैन । यसले तामाङ समुदायको प्रमुख मुद्दाहरुको उठान अन्तर्राष्ट्रिय तामाङ कमिटीले सफल कार्यान्वयन गर्नेमा प्रश्न तेर्साएको छ ।


प्रचारप्रसारको अभावमा कतै तामाङ समुदायको विश्व व्यापी मुद्दाहरु अोझेलमा पर्ने हो कि ? भन्ने शंका एकातिर छ भने अर्को तिर तामाङहरुलाई एकतृत र संगठित गर्ने अभियान पनि प्रभावित हुने देखिन्छ ।


देश विदेशबाट दशौं हजारको संख्यामा तामाङहरुको उपस्थिति हुँने यो सम्मेलनमा करोडौँको खर्च हुनु स्वभाविकै हो तर यो खर्च विकासका काममा भन्दा फलदायी सावित हुन्छ या हुँदैन त्यो भने भविष्यले बताउला ! 


तामाङहरुको अाफ्नो सभ्यता र संस्कृति अनुरुप बाँच्न पाउने अधिकार सुनिश्चित गराउनु यसको प्रमुख उद्देश्य हो भने तामाङ भाषालाई राज्य स्तरमा स्थापित गर्दै तामाङ पहिचानलाई विश्व व्यापि रुपमा उठाउने एजेन्डा पनि यसले अघि सार्ने देखिएको छ ।


 तामाङ समुदायले अाय र लगानीको योजना तर्जुमा गर्न चुकि रहेको अवस्थामा अन्तर्राष्ट्रिय तामाङ परिषदले सम्बोधन गर्ने कुराहरु सफल भए समग्र तामाङ समुदायलाई  फाईदा पुग्ने पक्का छ ।




अन्तर्राष्ट्रिय समाचार
अल्बर्ट आइन्स्टाइनको एउटा पत्र २८.९ लाख डलरमा बिक्री

अल्बर्ट आइन्स्टाइनको एउटा पत्र २८.९ लाख डलरमा बिक्री

न्यूयोर्क, अमेरिका । ईश्वर र धर्मको बारेमा लेखिएको प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको एउटा पत्र अमेरिकाको ...

मंसिर १९, २०७५
सम्मेलन देखि सम्मेलनसम्मको प्रथा अन्तर्राष्ट्रिय तामाङ परिषदले अन्त्य गर्ला त ?

सम्मेलन देखि सम्मेलनसम्मको प्रथा अन्तर्राष्ट्रिय तामाङ परिषदले अन्त्य गर्ला त ?

मिलन कुमार लामा/बिकास बाबु श्रेष्ठ काठमाडौं । यहीँ डिसेम्मवर १४, १५, १६ मा भारतको मिरिकमा हुन ...

मंसिर १९, २०७५
चुनौति र सम्भावनाको संघारमा अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

चुनौति र सम्भावनाको संघारमा अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

काठमाडौं । अन्तर्राष्ट्रिय  तामाङ सम्मेलन भारतको मिरिकमा यहीँ डिसेम्बर १४, १५, १६ मा हुँदै छ ...

मंसिर १७, २०७५
चीन, रुस र भारत तीन शक्ति बीच सम्बन्ध विस्तारमा सम्झाैता , अमेरिकालार्इ चिन्ता

चीन, रुस र भारत तीन शक्ति बीच सम्बन्ध विस्तारमा सम्झाैता , अमेरिकालार्इ चिन्ता

बुनस एयर । चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका ...

मंसिर १५, २०७५
अष्ट्रेलियाको विमानमा पाईलट निदाउँदा विमान गन्तब्यभन्दा पर

अष्ट्रेलियाको विमानमा पाईलट निदाउँदा विमान गन्तब्यभन्दा पर

क्यानबेरा, अस्ट्रेलिया, ककपिट मै पाईलट सुतेका कारण अस्ट्रेलियामा एउटा सानो विमान आफ्नो गन्तब्यभन्दा करीब ४६ ...

मंसिर ११, २०७५
दाेस्राे पटक अाङ सान सुकी नेपाल भ्रमणमा अाउँदै

दाेस्राे पटक अाङ सान सुकी नेपाल भ्रमणमा अाउँदै

नोबेल पुरस्कार बिजेता म्यानमारकी परराष्ट्रमन्त्री आङ सान सुकी यसै हप्ता काठमाडौँ आउने भएकी छन्।लामो समयको ...

मंसिर १०, २०७५