बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
काम नगर्ने कर्मचारीलाई कारवाही गर्न शहरी विकास मन्त्री राईको चेतावनी



काम नगर्ने कर्मचारीलाई कारवाही गर्न शहरी विकास मन्त्री राईको चेतावनी

काठमाडौं- शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले राजनीतिक आवरणमा कामनगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री राई आइतवार नयाँ बानेश्वरस्थित संसद भवनको निरीक्षण गर्दै मर्मत संभारको काम सुस्त भएको भन्दै काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिए । 

मर्मत संभारको काम सुस्त भएकाे पाएपछि मन्त्री राईले आगामी पुषको पहिलो साताभित्रमा सक्ने गरी काम गर्नुहोस, यदी ढिलाई भए जिम्मेवारी पुरा नगरेको भनेर कारवाही गर्ने मन्त्री राईलेको चेतावनी दिएका छन् ।

मन्त्री राईले संसद भवनभित्रको प्रतिनिधीसभा बैठक कक्ष, राष्ट्रियसभा बैठक कक्ष, शौचालय, ग्यालेरी तथा पार्किङ स्थल, बगैचा लगायत भवनको भित्री स्वरुपको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मन्त्री राईले संसद बैठक आह्वान गर्ने समयभन्दा पहिले नै सम्पुर्ण काम सक्नुपर्ने भएकाले रातदिन नभनेर काम गर्न कर्मचारीलाई चेतावनी दिए । 

मन्त्री राईले राजनीतिक आवरणमा काम नगर्ने कर्मचारीको नामावली आफूलाई बुझाउन निर्देशन दिँदै आफ्नाे जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई तत्काल कारवाही गर्ने चेतावनी दिए । आवश्यक ऐन नियम, आदेश संशोधन गरेर काम नगर्ने कर्मचारीलाई प्रदेशमा खटाउने भन्दै मन्त्री राईले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने बताए ।

संसद अधिवेशन बोलाउने समय नजिकिएसँगै उक्त भवनको भित्रि तथा बाह्य स्वरुप मर्मत सम्भार भइरहेको छ । यद्यपी मर्मत सम्भारको काम सुस्त भएको गुनासो आएपछि निरीक्षणका लागि मन्त्री राई संसद भवन पुगेका थिए ।

शहरी बिकास मन्त्रालयअन्तर्गतको अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिकास समितिले नयाँ बानेश्वरस्थित संसद भवनको मर्मत संभार तथा सरसफाईको जिम्मा लिदै आएको छ । उक्त समिति अन्तर्गत जम्मा ९८ कर्मचारी कार्यरत छन् ।

राष्ट्रिय समाचार
नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे

नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे

काठमाडौँ । केन्द्रमा पार्टी एकता गरेको ११ महिनापछि नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगाएको ...

बैशाख ८, २०७६
मह जोडीलाई  वसुन्धराश्री र मानश्री पुरस्कार दिने निर्णय

मह जोडीलाई वसुन्धराश्री र मानश्री पुरस्कार दिने निर्णय

काठमाडाैँ । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले  वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई याे ...

बैशाख ७, २०७६
बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न (फोटो फिचर)

बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न (फोटो फिचर)

बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न भएको मुल मेला व्यवस्थापन समितिले ...

बैशाख ६, २०७६
 बानेश्वर र कोटेश्वरमा आकाशे पुलकाे  निर्माण शुरू यही महिनाबाट

बानेश्वर र कोटेश्वरमा आकाशे पुलकाे निर्माण शुरू यही महिनाबाट

काठमाडौं । बानेश्वर र कोटेश्वरमा ओभरहेड ब्रिज (आकाशे पुल) निर्माणका लागि टेन्डर प्रकृया पुरा भएको ...

बैशाख ६, २०७६
राष्ट्रपति भण्डारी साताब्यापी चीन भ्रमणमा जाने

राष्ट्रपति भण्डारी साताब्यापी चीन भ्रमणमा जाने

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । चीनको राजकीय भ्रमण ...

बैशाख ६, २०७६
सामुदायिक विद्यालयमा  आधुनिक प्रविधिकाे शाैचालय

सामुदायिक विद्यालयमा आधुनिक प्रविधिकाे शाैचालय

 काठमाडौं । कम लगानी र थोरै समयमा कम्तीमा ४० बर्ष आयु भएका धेरै शौचालय निर्माण ...

बैशाख ६, २०७६