मंसिर २४, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
काठमाडौं महानगरको सहरी योजना, नयाँ स्वरूपमा निर्माण हुँदै कमल पाेखरी



काठमाडौं महानगरको सहरी योजना, नयाँ स्वरूपमा निर्माण हुँदै कमल पाेखरी

काठमाडौं । काठमाडौंको कमलपोखरीलाई समाज र संस्कृतिसँग जोड्ने गरी महानगरको सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचामा स्थानीय सरोकारवालाले मत राखेका छन् । सोमबार सहरी योजना आयोगमा आयोजना गरिएको छलफलमा — आयोगका सदस्य सचिव सरोज बस्नेतले प्रस्तुतीकरण गरिसकेपछि संघीय संसद सदस्य गगन थापा, प्रदेश सभा सदस्य नरोत्तम बैद्य, महानगरका प्रमुख विद्यासुन्दर शाक्यसँगै स्थानीय सरोकारवाला प्रतिनिधिहरुबाट कमलपोखरी पुननिर्माणका विषयमा धारणा आएको हो ।

योजना राम्रो बनेको छ । विगतमा भएका काम र ती काममा आवद्ध संघ संस्था तथा व्यक्तिहरुको योगदान बचाउँदै ढाँचालाई केही परिमार्जन गरौं, संघीय संसद सदस्य गगन थापाले — पोखरीको डिलमा भएको लालपूर्जा सहित बसेको प्रहरी कार्यालय स्थानान्तरण गर्न, मस्त्य विकास केन्द्रबाट पोखरीको स्वामित्व निक्र्यौल गर्न र पहुँचयुक्त सार्वजनिक स्थल बनाउन महानगरले भूमिका खेल्नु पर्ने बताउनुभयो । यसलाई आगामी बर्षको छठ पर्व अगाडि नै बनाइ सकौं, संसद सदस्य थापाको भनाइ थियो । छलफलमा बोल्दै प्रदेश सभा सदस्य नरोत्तम वैद्यको — योजनामा पोखरीको डिलमा राजनीतिक दलको सानो तिनो बैठक गर्न मिल्ने ठाउँ थप्नु पर्नेमा जोड थियो ।

छलफलमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — पोखरीलाई सबैले स्वामित्व लिन सक्ने र संरक्षणमा सबै सहभागी हुन सक्ने ढाँचा आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । यसको पहिचान कमलपोखरीको हो । त्यसैले यसलाई पहिले कमलपोखरी बनाउँ, त्यसपछि यसमा हुने अन्य गतिविधि तथा स्थानीय सरोकार जोडौं, हामीले यसरी सौन्दर्यीकरण गर्न खोजेका हौं, मेयर शाक्यको भनाइ थियो । यस अघि गएको श्रावण १८ गते कमलपोखरी क्षेत्रमै भएको स्थानीयसँगको छलफलमा मेयर शाक्यले — निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयले दायित्व लिने हो भने जिम्मेवारी दिन आफू तयार रहेको बताउनु भएको थियो ।



छलफलमा, आयोगले तयार गरेको संरक्षण योजना अन्तर्गत पूर्वाधारको बिकास, पोखरीसँग समाज र स्थानीय सम्बन्धका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै आयोगका सदस्यसचिव सरोज बस्नेतले — कमलपोखरीलाई बास्तु शास्त्रमा आधारित, ज्ञान प्राप्त गरिने तथा सीपयुक्त कलात्मक सम्पदाका रुपमा विकास गरिने बताउनुभयो । कुनै पनि ढाँचा सिद्धान्तमा आधारित हुन्छ, कमलपोखरीलाई पूर्वीयले मानेको बास्तुशास्त्र अध्ययन गर्न सकिने तथा विमानस्थलबाट ठमेल जाने पर्यटकका लागि गन्तव्यका रुपमा विकास गरिने योजना तयार पारिएको उहाँको भनाइ थियो ।

DSC_3636छलफलमा भाग लिने स्थानीय क्लबका अध्यक्ष भीमसेन मैनाली, राजेन्द्र सिंहलगायतले कमलपोखरीको सरसफाइ र सुरक्षाका लागि विगतमा भएका अभ्यासको सम्झना गर्नुपर्ने, पोखरीको जमिन अतिक्रमण हुनबाट बचाउनुपर्ने, विगतमा अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने, श्रोतको दुरुपयोग रोक्नु पर्ने, कमलपोखरीमा बार्षिक महोत्सव गरिनुपर्ने, स्थानीय जीवनसँग पोखरी व्यवस्थापनलाई अन्तरसम्बन्धित बनाइनु पर्ने, पोखरीको पानीलाई स्वच्छता कायम गर्नुपर्ने, बालमैत्री, जेष्ठ नागरिकमैत्री र सुरक्षित हुनु पर्ने, खेलकुद र धार्मिक गतिविधि सञ्चालन गर्न सक्ने खालको बनाउनु पर्ने जस्ता सुझाव दिएका थिए ।

स्थानीयबाट प्राप्त यी सुझावलाई समेटेर आयोगले ढाँचालाई कार्यान्वयनमा लैजादैछ । योजना निर्माणमा महानगरको करिअर क्याम्पमा आवद्ध सिभिल र आर्किटेक्ट इञ्जिनियरहरु सहभागी छन् ।

कमल पोखरी अहिले करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ । अहिलेको ढाँचामा सार्वजनिक शौचालयबाहेक अन्य भौतिक संरचना निर्माण हुने छैनन् । यसको सौन्दर्यीकरणमा नेपाली इटा र दर्जिन ढुङ्गाको प्रयोग हुनेछ । पोखरीको चार कुनामा कमल फुल्ने साना साना सहायक पोखरी हुनेछन् भने ५ वटा मकराकृति ढुङ्गेधारा निर्माण गरिनेछन् ।

डिजाइन स्वीकृत भएपछि काम हुरु भएको मितिले ९ महिनाभित्र सबै काम सकिने अनुमान गरिएको छ ।





kathmanduonline.gov.np बाट सभार 



राष्ट्रिय समाचार
राजदूत लक्की शेर्पामाथि आर्थिक लेनदेनको आरोप

राजदूत लक्की शेर्पामाथि आर्थिक लेनदेनको आरोप

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको आर्थिक लेनदेनको   आरोपबारे छानबिन गर्न परराष्ट्र ...

मंसिर २३, २०७५
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जकाे विवाद मिल्याे

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जकाे विवाद मिल्याे

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा गत हप्त विद्यार्थी र प्रशासन विवाद हुँदा केही समयका लागि ...

मंसिर २०, २०७५
प्लाष्टिकमुक्त सहर बनाउन सबैको हातेमालो जरुरी : मन्त्री राई

प्लाष्टिकमुक्त सहर बनाउन सबैको हातेमालो जरुरी : मन्त्री राई

काठमाडौं । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्लाष्टिक मुक्त शहर बनाउन सबैकाे हातेमालो जरुरी रहेको ...

मंसिर २०, २०७५
काठमाडौं महानगरको सहरी योजना, नयाँ स्वरूपमा निर्माण हुँदै कमल पाेखरी

काठमाडौं महानगरको सहरी योजना, नयाँ स्वरूपमा निर्माण हुँदै कमल पाेखरी

काठमाडौं । काठमाडौंको कमलपोखरीलाई समाज र संस्कृतिसँग जोड्ने गरी महानगरको सहरी योजना आयोगले तयार पारेको ...

मंसिर १७, २०७५
काम नगर्ने कर्मचारीलाई कारवाही गर्न शहरी विकास मन्त्री राईको चेतावनी

काम नगर्ने कर्मचारीलाई कारवाही गर्न शहरी विकास मन्त्री राईको चेतावनी

काठमाडौं- शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले राजनीतिक आवरणमा कामनगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका ...

मंसिर १७, २०७५