फाल्गुन ६, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सम्मेलन देखि सम्मेलनसम्मको प्रथा अन्तर्राष्ट्रिय तामाङ परिषदले अन्त्य गर्ला त ?



सम्मेलन देखि सम्मेलनसम्मको प्रथा अन्तर्राष्ट्रिय तामाङ परिषदले अन्त्य गर्ला त ?

मिलन कुमार लामा/बिकास बाबु श्रेष्ठ 

काठमाडौं । यहीँ डिसेम्मवर १४, १५, १६ मा भारतको मिरिकमा हुन लागेको चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको तयारी करिव करिव पुरा भएको सारा खबरसंगको कुराकानीमा अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव तथा वरिष्ठ पत्रकार प्रतिक ङेसुर तामाङ र नेपाल तामाङ घेदुङका प्रवास प्रमुख टासी लामाले जानकारी दिनु भयो ।


तामाङ समुदायको हकहित, संस्कार र संस्कृतिको प्रवर्द्धनका लागि हुन लागेको यो चौथो सम्मेलनकोबारेमा तामाङ समुदाय नै सुचना भन्दा बाहिर छन् । यो चौथो सम्मेलनको तयारी लगभग पुरा भए पनि यसको प्रचारप्रसारमा अन्तर्राष्ट्रिय तामाङ परिषद चुकेको अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव तामाङ  स्वीकार्नु हुन्छ ।


'अाजको डिजिटल प्रविधिको युगमा हामीले सुचनाको लागि मिडियालाई प्रयोग गर्न सकेनौं । हामीले हाम्रो साझा मुद्दाहरुलाई स्थापित गर्नकालागि मिडियालाई प्रयोग गर्नु पर्ने थियो तर सम्मेलनको संघारमा अाईपुग्दासम्म पनि मिडियाको साथ लिन सकेका छैनौं । यसमा हामी चुकेका नै हौं।' परिषदका सचिव तामाङले बताउनु भयो ।


यसै गरी परिषदका सचिव तामाङले अर्को चिन्ता व्यक्त गर्नु भएको छ । हामी अहिले चौथो सम्मेलनको तयारीमा लागिरहेका छौं । तर पाँचौँ सम्मेलन होला कि नहोला भन्ने चिन्ताले अहिले देखिनै सताउन थालेको तामाङले बताउनु भयो । 


यो तामाङ समुदायको लागि ठुलो दुःखद खबर हो । तपाईं किन यसो भनिरहनु भएको छ ? भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ ।'चिन्ता अरु केहीको होइन । चिन्ता नेतृत्वको हो । पहिलो सम्मेलन देखि चौथो सम्मेलनसम्म अाईपुग्दाको परिणामलाई हामीले केलाएर हेर्यौं भने परिणाम शुन्य छ । यो दुःखदायी अवस्थामा अन्तर्राष्ट्रिय तामाङ परिषद माथि नै प्रश्न उब्जिन्छ । यो के को लागि ? केवल पदको लागि मात्र हो भने करोडौँ रुपियाँ खर्च गरेर सम्मेलन किन गर्नु पर्यो ? त्यस कारण यो परिषद कतै सम्मेलन देखि सम्मेलन सम्मको लागि मात्रै त होइन भन्ने चिन्ताले मलाई सताइरहन्छ । '


यस्तो हुनु को मुल समस्या के हो त ? भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ । 'अरु केहि होइन कुशल नेतृत्वको अभाव हो ।'


हुन पनि हामीले यो विषयलाई गहिराइका साथ केलाएका थियौं । एक अन्तर्राष्ट्रिय तामाङ सम्मेलनका लगि दशौं करोड खर्च हुन्छ तर तामाङ समुदायले पाउँछन् के त ? 


यदि अन्तर्राष्ट्रिय तामाङ परिषदले तामाङ समुदायको साझा मुद्दालाई स्थापित गर्न सक्दैन भने करोडौँ खर्च गरेर सम्मेलन गर्नुको कुनै अर्थ नरहेको प्रवास प्रमुख टासी लामाले पनि स्वीकार्नु भयो ।


बाँकी सारा खबरले गरेको प्रत्यक्ष प्रसारण हेरेर थाहा पाउँनु होला ।

https://www.facebook.com/SaraKhabarNepal/videos/1943880779036958/?__xts__%5B0%5D=68.ARAmCWYnqkZB1wSO...



अन्तर्राष्ट्रिय समाचार
भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

ल्याटिन अमेरिकी देश भेनेजुएलामा हाल राजनीतिक उथलपुथल भइरहेको छ । राष्ट्रपति मादुरो सत्ताच्यूत भएको घोषणासँगै ...

फाल्गुन १, २०७५
ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिल, एजेन्सी । ब्राजिलको फ्लामेङ्गो यूथ टीमको प्रशिक्षण केन्द्र निन्हो उरुबामा आगो लाग्नाले दस जनाको ...

माघ २५, २०७५
अाष्ट्रेलियाम तामाङहरूले  फेब्रुवरि  16 साेनाम ल्हाेछार मनाउदै

अाष्ट्रेलियाम तामाङहरूले फेब्रुवरि 16 साेनाम ल्हाेछार मनाउदै

अविरल तामाङ  सिड्नी, अष्ट्रेलिया ।   तामाङ सोसाइटी अफ एन एस डब्लूटी अष्ट्रेलियाले हरेक बर्ष जस्तै ...

माघ २४, २०७५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ बीच हुने दोस्रो शिखरवार्ताको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ बीच हुने दोस्रो शिखरवार्ताको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिच हुने भनिएको ...

माघ २३, २०७५
अष्ट्रेलियामा भयावह बाढी पश्चात् मानिसहरु छतमा अनि गोही देखिए सडकमा

अष्ट्रेलियामा भयावह बाढी पश्चात् मानिसहरु छतमा अनि गोही देखिए सडकमा

क्यान्बेरा, अष्ट्रेलिया । अत्याधिक गर्मीको रेकर्ड तोडेपछि अष्ट्रेलिया हाल भीषण बाढीको चपेटामा छ । भारी ...

माघ २२, २०७५
सुल्तान अहमद शाह भए मलेसियाका नयाँ राजा

सुल्तान अहमद शाह भए मलेसियाका नयाँ राजा

क्वालालम्पुर  मलेसिया, सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले बिहीवार मलेसियाका नयाँ राजाका रुपमा शपथ लिएका छन् ...

माघ १७, २०७५