बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ मा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम



नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ मा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

दिनेश ठाकुर

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा स्थित वडा नं. ६ को कार्यालयमा स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम वडा नं. ६ को उपस्वास्थ्य चौकीले आयोजना गरी स्थानीय स्वास्थ्यकर्मी, विभिन्न राजनैतिक दल, शिक्षक, पत्रकार तथा सरोकारवाला निकायहरुसँग स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा फुल्टेक्रका वडाध्यक्ष समिरप्रताप सिंह, वडा सदस्यहरुमा दिपक थापा, सुरेश सोनी, सावित्री शर्मा अधिकारी, मुन्नी कोरी, महिला स्वंयसेविकाहरु, स्थानीय जनप्रतिनिधि, स्थानीय बुद्धिजिबी, सामाजिक परिचालक लगायतको सहभागिता रहेको थियो ।

 शहरी स्वास्थ्य चौकीका आहेबा अमृता दरलामीले स्वास्थ्य बीमाको फाइदा र बीमा गर्ने प्रक्रियाका बारेमा जानकारी दिईनु भएको थियो । रु. २ हजार ५ सय रुयैयाँमा ५ जना परिवारलाई १ वर्षसम्मको लागी ५० हजार रुपैयाँको स्वास्थ्य बीमा गरिने छ र प्रत्येक वर्ष नबिकरण पनि गरिनु पर्ने आहेबा दरलामीले बताईन् ।

जस्तै कसैको ६ जनाको परिवार छन् भने २ हजार ५ सयमा थय ४ सय २५ रुपैयाँ लाग्नेछ र ५० हजार बीमामा १० हजार थप गरी ६ जना परिवारलाई ६० हजार बराबरको औषधी उपचार सरकारले गर्नेछ । यसरी परिवार संख्या थप भयो भने प्रत्येक थप संख्यामा रु. ४ सय २५ रुपैयाँका दरले बढ्दै जानेछ र १० हजारले औषधी उपचारमा पनि थप हुँदै जानेछ आहेबा दरलामीले जानकारी गराईन् । सो कार्यक्रममा बीमा सहयोगी छनौटको लागी तीन सदस्सीय समिति पनि गठन गरिएको वडा अध्यक्ष सिंहले बताए ।

कार्यक्रममा जितेन्द्रसिंह बेल्दार, रबिन्द्र थापा, दुर्गासिंह गुरुड्ड, गगनसिंह पुन, जमालुद्दीन बागवान, तेजराम बर्मा, लगायत स्थानीय जनप्रतिनिधि, महिला स्वयम् सेबिकाहरु, शिक्षक, स्वास्थ्य ब्यवस्थापन समिति र स्थानीय बुद्धिजिबी लगायत ३५ जनाको सहभागिता रहेको थियो ।

स्वास्थ
निःशुल्क औषधिमा शुल्क ?

निःशुल्क औषधिमा शुल्क ?

काठमाडाैँ ।  जनताको सेवाका लागि सरकारले उपलब्ध गराएको निःशुल्क औषधि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले बेचेको ...

बैशाख ३, २०७६
२२० जनाले सहकारीको कार्यक्रम रक्तदान

२२० जनाले सहकारीको कार्यक्रम रक्तदान

साराखबर संवाददातानेपालगञ्ज,   ६२ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर शनिबार बाँकेको नेपालगन्जमा बृहद रक्तदान ...

चैत्र १६, २०७५
बैजनाथ गाउँपालिकामा बृहद रक्तदान कार्यक्रम

बैजनाथ गाउँपालिकामा बृहद रक्तदान कार्यक्रम

साराखबर संवाददातानेपालगञ्ज, ६२ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर मंगलबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ...

चैत्र १२, २०७५
 नेपालगञ्जमा दन्त शिविर पाँच सय पाच जनाको दाँत परिक्षण

नेपालगञ्जमा दन्त शिविर पाँच सय पाच जनाको दाँत परिक्षण

साराखबर संवाददाता नेपालगञ्ज, विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपालगञ्जमा मंगलबार सञ्चालन गरिएको निःशुल्क दन्त शिविरमा पाँच ...

चैत्र ५, २०७५
बाँके रेडक्रसको ३७औं जिल्ला बार्षिक साधारण सभा सम्पन्न

बाँके रेडक्रसको ३७औं जिल्ला बार्षिक साधारण सभा सम्पन्न

नेपालगन्ज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ३७औं जिल्ला बार्षिक साधारण सभा नेरेसो बेतहनी ...

फाल्गुन ३०, २०७५
जुनियर तथा युवा रेडक्रस दिवसका अवसरमा जुरेस गोष्ठी

जुनियर तथा युवा रेडक्रस दिवसका अवसरमा जुरेस गोष्ठी

प्रहलाद विश्वकर्मानेपालगन्ज ,जुनियर तथा युवा विपद्मा पुर्याउन छन् सेवा” भन्ने मुल नाराका साथ जुनियर तथा ...

फाल्गुन २३, २०७५