असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अल्बर्ट आइन्स्टाइनको एउटा पत्र २८.९ लाख डलरमा बिक्री



अल्बर्ट आइन्स्टाइनको एउटा पत्र २८.९ लाख डलरमा बिक्री

न्यूयोर्क, अमेरिका । ईश्वर र धर्मको बारेमा लेखिएको प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको एउटा पत्र अमेरिकाको एक लिलाममा  २८.९ लाख डलर (करीब बत्तीस करोड रुपैँया) मा बिक्री भयो । लिलाम घरले सोचेको मूल्यभन्दा यो पत्र दोब्बर मूल्यमा बिकेको हो । नोबेल पुरस्कार विजेता वैज्ञानिक आइन्स्टाइनले आफ्नो मृत्युभन्दा एक वर्ष पहिला ३ जनवरी, १९५४ मा यो पत्र जर्मनीका एक दार्शनिक एरिक गटकाइन्डलाई लेखेका थिए । उनको यो डेढ पन्नाको पत्रलाई विज्ञान र धर्म बिच उब्जिएको विवादको लागि एउटा महत्वपूर्ण कथनको रुपमा हेरिएको छ ।

लिलाम घर क्रिस्टीले विज्ञप्ति जारी गर्दै भनेको छ, 'यो पत्रमा आइन्स्टाइनले धर्म र दर्शनको विषयमा आफ्नो बिचारहरु पूर्ण रुपमा व्यक्त गरेका छन्, जसले गर्दा उनको यो हस्तलिखित पत्रलाई यति महत्वपूर्ण  बनाएको छ ।’

गटकाइन्डले आइन्स्टाइनलाई आफ्नो किताब 'चूज लाइफ : द बाइबलिकल कल टू रिभोल्ट' पढ्न दिएका थिए । सोही पुस्तक पढे पश्चात् ७४ वर्षिय आइन्स्टाइनले पत्रमा उनलाई लेखे, 'ईश्वर शब्द मेरो विचारमा अरु केही नभई केवल मनुष्यको कमजोरीको प्रतिक हो । जबकि बाइबल प्राचिन दन्त्यकथाहरुको संग्रहमात्र हो र अन्य कुनै पनि कुराले मेरा यी विचार बदल्न सक्दैन ।'

आफ्नो त्यो पत्रमा उनी १७ औं शताब्दीका दार्शनिक बारुच स्पिनोजासँग केही हदसम्म आफू सहमत भएको कुरा पनि व्यक्त गर्दछन् । स्पिनोजा कुनै मानवरूपी ईश्वरमा नभई प्रकृतिको सुन्दरताको लागि जिम्मेवार र सृष्टि सञ्चालन गर्दै आएका ईश्वरमा विश्वास गर्दथे, जो निराकार छन् । योभन्दा अघि पनि उनका कथन र पत्रहरु यसरी नै बिकेका उदाहरणहरु प्रशस्तै छन् ।





अन्तर्राष्ट्रिय समाचार
कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

वासिङ्टन, एजेन्सी। साधारणतया एक रुखमा एक फल फल्ने गरेको हामीले सुन्दै वा देख्दै आएका छौं ...

जेठ ३०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली  बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

लन्डन । बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा निकै व्यस्त रहे । ...

जेठ २९, २०७६
अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

न्यूयोर्क,  अमेरिका ।  भारी वर्षा र खराब मौसमको कारण सोमवार मिडटाउन म्यानहट्टनमा एक ५१ तल्ले ...

जेठ २८, २०७६
स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

सिंगापुरको स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ गरेर उक्त विमानलाई ...

जेठ २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको  मन्त्रिपरिषदमा  ५८ सदस्यीय

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको मन्त्रिपरिषदमा ५८ सदस्यीय

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता ...

जेठ १७, २०७६
बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइन । नेपाल तामाङ घेदुङकाे प्रवास शाखा बहराइनले महेन्द्र  तामाङकाे अध्यक्षतामा २५६३ औँ बुद्ध जयन्तिकाे ...

जेठ १२, २०७६