चैत्र ८, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
टाइट्यानिकको विषयमा आयो आश्चार्यचकित पार्ने खालको खुलासा, एक योजनावद्ध चाल



टाइट्यानिकको विषयमा आयो आश्चार्यचकित पार्ने खालको खुलासा, एक योजनावद्ध चाल

सन् १९१२ मा समुन्द्रमा डुबेको त्यो समयको सबैभन्दा विशाल र विलासिताले भरपूर टाइट्यानिक जहाजको विषयमा एउटा ठूलो खुलासा भएको छ । उक्त जहाज आफ्नो पहिलो यात्रा कै  क्रममा बरफको चट्टानमा ठोक्किएर पानीको गहिराइमा डुबेको थियो । वर्षौं पश्चात् सन् १९८५ मा पहिलो पटक दुनिँया सामु जलमग्न भएको यही जहाजको तस्बिर अगाडि आएको थियो,  जुन बेला जहाजको  पाटपुर्जा खोजेर निकालिएको थियो । तर अहिले यही तथ्यलाई लिएर सबैलाई आश्चार्य चकित पार्ने खालको खुलासा भएको छ ।  सि.एन.एनको एक रिपोर्टको मुताविक त्यो घटनाको पछाडि अमेरिकाको एक योजनावद्ध चाल रहेको बताइएको छ ।

सि.एन.एनले टाइट्यानिक जहाजलाई समुन्द्रमा खोज्ने रोबर्ट बलार्डलाई उदृत गर्दै लेखेको छ कि यो मिशन पूर्ण रुपले डिक्‍लासीफाइड थियो । उनको मुताविक यूएस मिलिट्रीको तर्फबाट चलाईएको यो मिशन पूर्ण रुपले टप सिक्रेट थियो । तर सो मिशनसँग टाइट्यानिकको कुनै सरोकार थिएन । खासमा यो पूरा मिशन समुन्द्रको गहिराईमा हराएको अमेरिकी परमाणु सबमरीनलाई लिएर थियो, जसलाई हर हालतमा खोजिनु पर्ने थियो । तर मिशन शुरु हुँदासम्म त्यसको जानकारी दुनिँयालाई भइसकेको कुरा अमेरिकालाई थाहा थिएन । त्यसैले यो गोप्य मिशनलाई ढाकछोप गर्न त्यतिबेला अमेरिकाले १५०० भन्दा धेरै यात्री लिएर समुन्द्रको गर्भमा डुबेको टाइट्यानिक खोज्ने चाल चलेको थियो । यो रहस्यसँग जोडिएका सम्पूर्ण जानकारी वाशिङ्टनको नेशनल जियोग्रफिक म्युजियममा छ ।

यो मिशनको नेतृत्‍व गरेका बलार्ड नेभिको कमान्डर हुनुको अतिरिक्त वुड्स होल ओशियानोग्राफिक इन्स्टिट्यूटसँग सम्वन्धित वैज्ञानिक पनि हुन् । उनका मुताबिक यू.एस नेभिको तर्फबाट उनलाई सन् १९६० मा समुन्द्रको गर्भमा हराएका अमेरिकाको दुई सबमरीन यू.एस.एस थ्रेशर र यूएसएस स्कर्पियो खोज्ने जिम्‍मेवारी दिइएको थियो । त्यसको लागि यूएसले कोष पनि खडा गरेको थियो । हुन त त्यो गोप्य मिशन पश्चात् उनलाई टाइट्यानिक पनि खोज्नु पर्ने थियो, जसको लागि पनि अमेरिकाले यूएस नेभिको तर्फबाट उनलाई जिम्मेवारी दिईएको थियो । एक अंग्रेजी पत्रीका अनुसार अमेरिकी सबमरीन कहाँ कुन स्थानमा फेला पर्न सक्छ भन्ने कुरा उनी जान्दथे । यसको अतिरिक्त ती दुई सबमरिन मा परमाणु हतियार र परमाणु रियाक्‍टर  रहेकाले पनि त्यो विषयमा अमेरिका निकै गम्भिर थियो किनकि- समुन्द्री जनजीवनको लागि त्यो साच्चै एक खतरा पनि थियो ।

बलार्डका अनुसार सबमरीनको खोजलाई ढाक्नको लागि नै अमेरिकाले टाइट्यानिकको खोजको कभर स्टोरी बनाएर दुनिँया सामु पेश गरेको थियो, तर उनी आफै पनि अमेरिकाको त्यो चालसँग अनभिज्ञ रहे । उनका अनुसार समुन्द्रको गर्भबाट दुबै सबमरीन खोजिकार्य सम्पन्न भएको करिव  १२ दिन पश्चात् उनले समुन्द्रमा टाइट्यानिकको खोजको काम शुरू गरेका थिए । नर्थ अट्लान्टिकमा करिव १२ हजार फीटको गहराईमा उनले यो कामलाई पनि सफल अन्जामसम्म पुर्याए । जब उनले समुन्द्रको गर्भमा रहेको टाइट्यानिक जहाजको पहिलो झलक देखे, तब उनमा खुशीको कुनै सिमा नै थिएन किनकि त्यो अत्यन्त कठिन कार्य थियो । यसरी उनले आफ्नो दोस्रो मिशन पनि पूरा गरे ।

आफूले सोचेको जस्तै हुनु अमेरिकालाई त्यो खोजको सबैभन्दा ठूलो फाईदा थियो । हेर्दाहेर्दै टाइट्यानिकको खोजको खबर संसारभर आगोको रुपमा फैलियो र समग्र दुनिँयाको ध्यान सबमरीनको त्यो गोप्य खोजबाट हट्यो। यो खोज पश्चात् न्‍यूयोर्क टाइम्‍स्ले कयौं यस्ता खबर छाप्यो, जसमा दुई सबमरीन खोजको विषयलाई लिएर अमेरिकी वरिष्‍ठ अधिका‍रीहरुबाट इन्कारी बयान आएको थियो । नेभिका प्रवक्ता क्याप्टेन ब्रेन्ट बेकरका मुताविक त्यसबेला सबमरीनको खोज केवल ओशियोनोग्रफिक सिस्टमलाई टेस्ट गर्नका लागि चलाईएको थियो । उनले यसमा वैज्ञानिकहरुको कुनै संलग्नता नभएको पनि बताएका थिए ।  बलार्डका मुताविक उनले आफूले त्यो मिशनको विषयमा कहीँकतै  कुरा नगरेको बताएका थिए । यसैले पनि सो मिशन अहिलेसम्म गोप्य रहन सकेको होला ।

अन्तर्राष्ट्रिय समाचार
हतियार विसाएर वार्तामा आउनुसः नेत्रविक्रम नेतृत्वकाे नेकपालाई  सरकारकाे आग्रह

हतियार विसाएर वार्तामा आउनुसः नेत्रविक्रम नेतृत्वकाे नेकपालाई सरकारकाे आग्रह

काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपालाइ सरकारले गाेलाबारूद बिसाएर संवादमा आउन आग्रह गरेकाे छ । ...

चैत्र ७, २०७५
भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ सहयाेग

भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ सहयाेग

काठमाडौं । सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ ...

चैत्र ७, २०७५
काठमाडाैँ आउँदै गरेकाे विमान दुर्घटना हुनबाट जाेगियाे

काठमाडाैँ आउँदै गरेकाे विमान दुर्घटना हुनबाट जाेगियाे

काठमाडौं । पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढ्दा ...

चैत्र ४, २०७५
पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त

पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त

काठमाडौँ — भारतीय वायु सेनाको फाइटर विमानले पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा ...

फाल्गुन १४, २०७५
भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

ल्याटिन अमेरिकी देश भेनेजुएलामा हाल राजनीतिक उथलपुथल भइरहेको छ । राष्ट्रपति मादुरो सत्ताच्यूत भएको घोषणासँगै ...

फाल्गुन १, २०७५
ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिल, एजेन्सी । ब्राजिलको फ्लामेङ्गो यूथ टीमको प्रशिक्षण केन्द्र निन्हो उरुबामा आगो लाग्नाले दस जनाको ...

माघ २५, २०७५