माघ ३, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अमेरिकामा नयाँ कानुन, तिब्बतकाे भिसा नदिने चिनियाँ अधिकारीलार्इ अमेरिकामा प्रतिबन्ध



अमेरिकामा नयाँ कानुन, तिब्बतकाे भिसा नदिने चिनियाँ अधिकारीलार्इ  अमेरिकामा प्रतिबन्ध

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणिकरण गरेपछि बुधबारबाट कार्यान्वयनमा आएको सो कानुनमा अमेरिकी नागरिकले तिब्बत पहुँच नदिने चिनियाँ अधिकारीलाई अमेरिकाले पनि भिसा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ।

अमेरिकाले चीनको स्वसाशित क्षेत्र तिब्बतमा आफ्नो कुटनीतिज्ञ, पत्रकार र नागरिकहरुलाई स्वतन्त्र पहुँच नदिने चिनियाँ अधिकारीलाई कारबाही गर्ने कानुन निर्माण गरेको छ।

चिनियाँहरुले चाहिँ अमेरिकाका सबै राज्यमा आवतजावतका लागि भिसा प्राप्त गर्ने गरेको तर, यही स्तरको सुविधा अमेरिकी नागरिकहरुले तिब्बतमा नपाएको जनाउँदै अमेरिकाले उपरोक्त कानून निर्माण गरेको हो।

अमेरिकाका दुई प्रमुख दलहरु–रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टीको सहमतिमा पारित गरिएको कानुनमा अमेरिकामा चिनियाँ नागरिकले प्राप्त गरेको जतिकै पहुँच अमेरिकी नागरिकहरुले तिब्बतमा पाउनु पर्ने उल्लेख गरिएको छ।

‘रिसिप्रोकल एक्सेस टु तिब्बत एक्ट’ रिपब्लिक र डेमोक्र्याट दुबै दलको संयुक्त विधेयकको रुपमा आएको हो। सो विधेयक मार्को रुविओ र टेमी बाल्डविनले सिनेटमा प्रस्तुत गरेका हुन्।

सो कानुनमा अमेरिकी विदेशमन्त्रीले संसदमा अमेरिकी सरकारी अधिकारी, पत्रकार तथा पर्यटकलाई चिनियाँ अधिकारीहरुले दिएको पहुँच बारेको प्रतिवेदन संसदमा प्रस्तुत गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।


नेपालसँग सीमा जोडिएको तिब्बतको विषयलाई चीनले संवेदनशील भूभागको रुपमा लिने गरेको छ। तिब्बतका १९ वटा काउन्टी नेपालसँग जोडिएका छन्। चीनले तिब्बत प्रवेशका लागि छुट्टै खालको विशेष भिसा जारी गर्दै आएको छ।

यदि विदेश विदेश सचिवले तिब्बतमा अमेरिकी नागरिकलाई यात्रा प्रतिबन्द रहेको बेहोराको प्रतिवेदन बुझाए भने सम्बन्धित चिनियाँ अधिकारीलाई अमेरिकी प्रवेश गर्न अयोग्य हुने व्यवस्था नयाँ कानुनमा गरिएको छ।




अन्तर्राष्ट्रिय समाचार
 अरब इमिरेट्स ( यूएर्इ) मा नेपाली कामदारकाे मृत्यु हुनेकाे संख्या १०३ पुग्याे

अरब इमिरेट्स ( यूएर्इ) मा नेपाली कामदारकाे मृत्यु हुनेकाे संख्या १०३ पुग्याे

काठमाडाैँ । विभिन्न कारणले सन् २०१८ मा मात्र अरब इमिरेट्स ( यूएर्इ) मा नेपाली कामदारकाे ...

पुष १८, २०७५
किम जोङको धम्की पश्चात् अमेरिकी राष्ट्रपति ट्रम्पले के भने ?

किम जोङको धम्की पश्चात् अमेरिकी राष्ट्रपति ट्रम्पले के भने ?

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको धम्की पश्चात् गत मंगलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी ...

पुष १८, २०७५
नयाँ बर्षलाई लक्षित गरी जापान र ब्रिटेनमा आतङ्की हमला

नयाँ बर्षलाई लक्षित गरी जापान र ब्रिटेनमा आतङ्की हमला

इङ्गल्याण्डको म्यानचेस्टर शहरमा सोमवार राती एक संदिग्ध आतंकीले रेलवे स्टेशनमा जम्मा भएको भीडमाथि चक्कुले हमला ...

पुष १७, २०७५
अमेरिकामा नयाँ कानुन, तिब्बतकाे भिसा नदिने चिनियाँ अधिकारीलार्इ  अमेरिकामा प्रतिबन्ध

अमेरिकामा नयाँ कानुन, तिब्बतकाे भिसा नदिने चिनियाँ अधिकारीलार्इ अमेरिकामा प्रतिबन्ध

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणिकरण गरेपछि बुधबारबाट कार्यान्वयनमा आएको सो कानुनमा अमेरिकी नागरिकले तिब्बत पहुँच ...

पुष ५, २०७५
'जिरो' ले पहिलो दिन नै ३० करोड कमाउने अनुमान

'जिरो' ले पहिलो दिन नै ३० करोड कमाउने अनुमान

शाहरुख खान, कट्रीना कैफ र अनुष्का शर्मा जस्ता  स्टारहरुको प्रमूख भूमिका रहेको  जिरोको जुन सीनमा ...

पुष ५, २०७५
टाइट्यानिकको विषयमा आयो आश्चार्यचकित पार्ने खालको खुलासा, एक योजनावद्ध चाल

टाइट्यानिकको विषयमा आयो आश्चार्यचकित पार्ने खालको खुलासा, एक योजनावद्ध चाल

सन् १९१२ मा समुन्द्रमा डुबेको त्यो समयको सबैभन्दा विशाल र विलासिताले भरपूर टाइट्यानिक जहाजको विषयमा ...

मंसिर २८, २०७५