चैत्र ८, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नयाँ बर्षलाई लक्षित गरी जापान र ब्रिटेनमा आतङ्की हमला



नयाँ बर्षलाई लक्षित गरी जापान र ब्रिटेनमा आतङ्की हमला

इङ्गल्याण्डको म्यानचेस्टर शहरमा सोमवार राती एक संदिग्ध आतंकीले रेलवे स्टेशनमा जम्मा भएको भीडमाथि चक्कुले हमला गरेको छ । प्रहरीका अनुसार यो हमलामा एक प्रहरी समेत तीन मानिस घाईते भएका छन् । बीबीसी रेडियोका प्रोड्यूसर सेम क्लैक हमला भएको समय घटनास्थलमा नै उपस्थित थिए । उनी भन्छन्, 'ती संदिग्ध व्यक्तिले मानिसहरुलाई चक्कु प्रहार गर्नु पूर्व अल्लाहभनी चिच्याएका थिए ।'

सेमका अनुसार, हमला गर्ने सो व्यक्तिले भनेका थिए कि जबसम्म तिमीहरु अन्य देशहरुमाथि बम बर्षाइ रहन्छौ, तबसम्म यस्ता घटनाहरु भई नै रहन्छन् । प्रहरीले घटना पश्चात पीरो स्प्रे र स्टेन गनको मद्दतले हमलावरलाई नियन्त्रणमा लिएका थिए । हाल उनलाई प्रहरी हिरासतमा राखिएको छ । घाइते हुनेमा एक महिला पनि रहेकी छिन् ।

जापानको राजधानी टोक्योको सडकमा पनि नयाँ साल मनाउन जम्मा भएको भीडको बिचमा घुसेको उच्च गतिको एउटा कारले ९ जनालाई घाइते बनाएको छ । जापानको लोकप्रिय टोक्यो स्ट्रीटमा नयाँ सालको रात एक व्यक्तिले हत्याको मनसायले उच्च गतिको कार मानिसहरुको भीडलाई लक्षित गरी चलाएको थियो । यो घटनामा पनि ९ जना घाइते भएका छन् । एकको हालत गम्भिर भएको बताइएको छ । प्रहरीले यो घटनामा २१ वर्षिय काजुहिरो कुसाकाबेलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जहाँ उक्त हमला भएको थियो त्यहाँ धेरै साना पसलहरु छन् । नयाँ वर्षको अवसरमा त्यहाँ मानिसहरुको उल्लेख्य भीड जम्मा भएको थियो ।

अन्तर्राष्ट्रिय समाचार
हतियार विसाएर वार्तामा आउनुसः नेत्रविक्रम नेतृत्वकाे नेकपालाई  सरकारकाे आग्रह

हतियार विसाएर वार्तामा आउनुसः नेत्रविक्रम नेतृत्वकाे नेकपालाई सरकारकाे आग्रह

काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपालाइ सरकारले गाेलाबारूद बिसाएर संवादमा आउन आग्रह गरेकाे छ । ...

चैत्र ७, २०७५
भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ सहयाेग

भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ सहयाेग

काठमाडौं । सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ ...

चैत्र ७, २०७५
काठमाडाैँ आउँदै गरेकाे विमान दुर्घटना हुनबाट जाेगियाे

काठमाडाैँ आउँदै गरेकाे विमान दुर्घटना हुनबाट जाेगियाे

काठमाडौं । पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढ्दा ...

चैत्र ४, २०७५
पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त

पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त

काठमाडौँ — भारतीय वायु सेनाको फाइटर विमानले पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा ...

फाल्गुन १४, २०७५
भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

ल्याटिन अमेरिकी देश भेनेजुएलामा हाल राजनीतिक उथलपुथल भइरहेको छ । राष्ट्रपति मादुरो सत्ताच्यूत भएको घोषणासँगै ...

फाल्गुन १, २०७५
ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिल, एजेन्सी । ब्राजिलको फ्लामेङ्गो यूथ टीमको प्रशिक्षण केन्द्र निन्हो उरुबामा आगो लाग्नाले दस जनाको ...

माघ २५, २०७५