असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
किम जोङको धम्की पश्चात् अमेरिकी राष्ट्रपति ट्रम्पले के भने ?



किम जोङको धम्की पश्चात् अमेरिकी राष्ट्रपति ट्रम्पले के भने ?

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको धम्की पश्चात् गत मंगलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी राष्ट्रपति किमसँग भेट्न तयार रहेको बताएका छन् । यो भन्दा अघि उत्तर कोरियाका राष्ट्रपति किम जोङले आफ्नो नयाँ वर्षको भाषणको क्रममा उत्तर कोरिया अमेरिकासँग राम्रो सम्बन्ध चाहन्छ तर अमेरिकाले उत्तर कोरियामाथि लगाउँदै आएको प्रतिबन्ध नहटाए आफूले अर्को बाटो खोज्नु पर्ने बताएका थिए ।

यसैको जवाफमा अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी किम जोङ सँग भेट्न तयार रहेको कुरा ट्वीट गरेर बताएका छन् । सोही ट्वीटमा राष्ट्रपति ट्रम्पले किम जोङको भाषण उल्लेख गर्दै भने, 'म चेयरम्यान किमसँग भेट्न पर्खिरहेको छु, जसलाई उत्तर कोरियासँग ठूलो आर्थिक क्षमता छ भन्ने कुराको राम्रो ज्ञान छ ।'

किम जोङ उनका अनुसार उत्तर कोरियाले कुनै परमाणु हतियार नबनाउने, परिक्षण नगर्ने र अन्य देशहरुलाई नदिने बताएका छन् । जुनसुकै बेला राष्ट्रपति ट्रम्पसँग भेट्न आफू तयार रहेको पनि उनीले बताएका छन् ।

अघिल्लो वर्ष १२ जूनमा राष्ट्रपति किम जोङ उन र अमेरिकी राष्ट्रपति ट्रम्पको सिङ्गापुरमा पहिलो ऐतिहासिक भेट्घाट भएको थियो । सोही भेट्घाट पश्चात सहमति अनुसार उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोकेको भए पनि अमेरिकाले भने उत्तर कोरियामाथि लगाउँदै आएको प्रतिवन्ध हटाइसकेको छैन । यही कारण नै नयाँ वर्षको भाषणमा राष्ट्रपति किमले प्रतिवन्ध नहटे आफ्नो देशको सुरक्षा र हितको लागि शान्तिको बाटो बदल्नु पर्ने जरूरी भएको बताएका छन् ।

यो अवस्थालाई मध्य नजर गर्दा पून: अर्को शिखरवार्ता चाँडै नै हुने संकेत देखिन्छ तर दोस्रो वार्ताको लागि स्थान, समय र मिति भने अझै तोकिएको छैन ।



अन्तर्राष्ट्रिय समाचार
कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

वासिङ्टन, एजेन्सी। साधारणतया एक रुखमा एक फल फल्ने गरेको हामीले सुन्दै वा देख्दै आएका छौं ...

जेठ ३०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली  बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

लन्डन । बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा निकै व्यस्त रहे । ...

जेठ २९, २०७६
अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

न्यूयोर्क,  अमेरिका ।  भारी वर्षा र खराब मौसमको कारण सोमवार मिडटाउन म्यानहट्टनमा एक ५१ तल्ले ...

जेठ २८, २०७६
स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

सिंगापुरको स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ गरेर उक्त विमानलाई ...

जेठ २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको  मन्त्रिपरिषदमा  ५८ सदस्यीय

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको मन्त्रिपरिषदमा ५८ सदस्यीय

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता ...

जेठ १७, २०७६
बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइन । नेपाल तामाङ घेदुङकाे प्रवास शाखा बहराइनले महेन्द्र  तामाङकाे अध्यक्षतामा २५६३ औँ बुद्ध जयन्तिकाे ...

जेठ १२, २०७६