माघ ३, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
थुनामा रहेका सांसद् रेशम चौधरीलार्इ अाज सपथ



थुनामा रहेका सांसद् रेशम चौधरीलार्इ अाज सपथ

काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् ।

संसदका प्रवक्ता रोजनाथ पाण्डेले चौथरीको सपथ कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार सभामुख कृष्णबहादुर महराले बिहान साढे ११ बजे चौधरीलाई पद तथा गोपनीयताको सपथ दिलाउने छन् ।


चौधरी हाल डिल्लीबजार कारागारमा छन् । सपथ लिए पनि उनी संसद भवन भने जान पाउने छैनन् । सांसद पदको सपथ खुवाइसकेपछि उनलाई पुनः जेलमै लैजाने स्रोतले बतायो ।

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो । फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली-१ बाट निर्वाचित भएका थिए ।

चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।



राष्ट्रिय समाचार
 इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था प्रस्ताव

इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था प्रस्ताव

काठमाडौँ — सरकारले इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था ...

माघ १, २०७५
सांसद गंगा बाहदुर तामाङकाे पहलमा काभ्रेका  भुकम्प पीडितहरूलार्इ खुशीकाे खबर

सांसद गंगा बाहदुर तामाङकाे पहलमा काभ्रेका भुकम्प पीडितहरूलार्इ खुशीकाे खबर

काठमाडाैँ । अाज प्रधानमन्त्री कार्यालय बालुवाटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समितिकाे बैठकमा प्रतिनिधि सभाका सांसद गंगा ...

पुष ३०, २०७५
स्वास्थ्य कर्मचारीले आफ्नै कार्यालयबाट राति औषधि चोरे

स्वास्थ्य कर्मचारीले आफ्नै कार्यालयबाट राति औषधि चोरे

डोल्पा : डोल्पामा स्वास्थ्य कार्यालयका कर्मचारीले आफ्नै कार्यालयबाट राति औषधि चोरेका छन्। स्वास्थ्य कार्यालय डोल्पामा ...

पुष ३०, २०७५
नेपाल टेलिकमकाे अाकर्षक विन्टर अफर

नेपाल टेलिकमकाे अाकर्षक विन्टर अफर

काठमाडाैँ । नेपाल टेलिकमले अाइतबार देखि लागू हुने गरी ग्राहकहरूकाे सुविधाका लागि विभिन्न अाकर्षक विन्टर ...

पुष २९, २०७५
पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भन्ने गलत इतिहास लेखनकाे अभ्यासः डा. मुक्तसिंह तामाङ

पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भन्ने गलत इतिहास लेखनकाे अभ्यासः डा. मुक्तसिंह तामाङ

पेमा तामाङ माेक्तान, काठमाडाैँ । गोरखा साम्राज्य नेपालका प्रथम राष्ट्रहरुको दृष्टिुु सम्बन्धी विशेष कार्यक्रम सम्पन्न ...

पुष २६, २०७५