माघ ३, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
काठमाडौं उपत्यकालाई घेरेका अग्ला डाँडासहित मुलुकका उच्च पहाडी र हिमाली भेगमा हिमपात



काठमाडौं उपत्यकालाई घेरेका अग्ला डाँडासहित मुलुकका उच्च पहाडी र हिमाली भेगमा  हिमपात

काठमाडौँ — काठमाडौं उपत्यकालाई घेरेका अग्ला डाँडासहित मुलुकका उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हिमपात भएको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहानदेखि हिमपात भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिम वायुको प्रभावका कारण देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हिमपात भएको बताइन्।

वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ। पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउसोदेखि नै भारी हिमपात भएको थियो। पश्चिमको अपी, सैपाल, बझांग, खप्तड, रारा, जुम्ला, शेफोक्सुन्डो, मुस्तांग, मनांग, गोरखालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ।



पश्चिमी वायुको प्रभाव पूर्वतिर सर्दै गएपछि काठमाडौंसहितका पूर्वी भागमासमेत वर्षासहित हिमपात भएको हो। सोमबार दिनभरी नै काठमाडांैसहित देशका धेरैजसो भागमा वर्षा हुने मौसमविद कँडेलले बताइन्। मंगलवारदेखि भने पश्चिमी क्षेत्रको मौसममा केही सुधार आउने महाशाखाले अनुमान गरेको छ। बुधबारदेखि भने पूर्णरुपमा सुधार आउने महाशाखाले सूचना जारी गरेको छ।



राष्ट्रिय समाचार
 इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था प्रस्ताव

इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था प्रस्ताव

काठमाडौँ — सरकारले इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था ...

माघ १, २०७५
सांसद गंगा बाहदुर तामाङकाे पहलमा काभ्रेका  भुकम्प पीडितहरूलार्इ खुशीकाे खबर

सांसद गंगा बाहदुर तामाङकाे पहलमा काभ्रेका भुकम्प पीडितहरूलार्इ खुशीकाे खबर

काठमाडाैँ । अाज प्रधानमन्त्री कार्यालय बालुवाटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समितिकाे बैठकमा प्रतिनिधि सभाका सांसद गंगा ...

पुष ३०, २०७५
स्वास्थ्य कर्मचारीले आफ्नै कार्यालयबाट राति औषधि चोरे

स्वास्थ्य कर्मचारीले आफ्नै कार्यालयबाट राति औषधि चोरे

डोल्पा : डोल्पामा स्वास्थ्य कार्यालयका कर्मचारीले आफ्नै कार्यालयबाट राति औषधि चोरेका छन्। स्वास्थ्य कार्यालय डोल्पामा ...

पुष ३०, २०७५
नेपाल टेलिकमकाे अाकर्षक विन्टर अफर

नेपाल टेलिकमकाे अाकर्षक विन्टर अफर

काठमाडाैँ । नेपाल टेलिकमले अाइतबार देखि लागू हुने गरी ग्राहकहरूकाे सुविधाका लागि विभिन्न अाकर्षक विन्टर ...

पुष २९, २०७५
पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भन्ने गलत इतिहास लेखनकाे अभ्यासः डा. मुक्तसिंह तामाङ

पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भन्ने गलत इतिहास लेखनकाे अभ्यासः डा. मुक्तसिंह तामाङ

पेमा तामाङ माेक्तान, काठमाडाैँ । गोरखा साम्राज्य नेपालका प्रथम राष्ट्रहरुको दृष्टिुु सम्बन्धी विशेष कार्यक्रम सम्पन्न ...

पुष २६, २०७५