चैत्र ८, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपला सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेकाे छ



नेपला सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेकाे छ

काठमाडाैं । नेपला सरकारले सरकारी मर्यादाक्रमकाे नयाँ नीति सार्वजनिक गरेकाे छ। अहिले घाेषणा गरेकाे मर्यादाक्रममा जनप्रतिनिधिलार्इ कर्मचारी भन्दा माथि राखिएकाे छ । 

सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको २०७४ सालको स्थानीय तह निर्वाचनपछि मर्यादाक्रम हेरफेर गरेको थियो । गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो ।

नगरपालिकाका मेयरलाई सहसचिवभन्दा तल राखिएको थियो । मर्यादाक्रममा असहमति जनाउँदै नगरपालिका संघ र गाउँपालिका महासंघले प्रधानमन्त्रीलाई ध्यानाकर्षणसमेत बुझाएका थिए ।

नयाँ मर्यादाक्रममा प्रदेश प्रमुखलाई छैटौं नम्बरमा राखिएको छ । केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता लगायतका छन् ।

प्रदेशका मन्त्री र केन्द्रका सांसद, राज्यमन्त्री, काठमाडौं महानगरका मेयर, पूर्वसांसद, मुख्यसचिव र प्रधानसेनापति नवौं नम्बरमा छन् । अन्य महानगरका मेयर, प्रदेशका सहायकमन्त्री लगायत दशौं नम्बरमा छन् ।

सचिव, प्रहरी प्रमुख, उपमहानगरका प्रमुख र काठमाडौंका उपमेयरको मर्यादाक्रम एउटै कायम गरिएको छ । नगरपालिकाका प्रमुख १४ औं र गाउँपालिकाका प्रमुख १५ औं नम्बरमा हुँदा सरकारका उपसचिव, प्रमुख सेनानी १७ औं नम्बरमा छन् ।

राष्ट्रिय समाचार
बाँके र बर्दिया कर्णालीमा किन ?

बाँके र बर्दिया कर्णालीमा किन ?

मोहम्मद इरफान नेपालगञ्ज  । नेपालगञ्ज मध्य र सुदूरपश्चिमका प्रमुख नाका तथा २४ जिल्लाका जनतासँग धार्मिक, सांस्कृतिक ...

चैत्र ६, २०७५
 नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले पक्राउ

काभ्रे ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले ...

चैत्र ६, २०७५
 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन काण्ड, चार जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन काण्ड, चार जना पक्राउ

काठमाडाैँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई ...

चैत्र ५, २०७५
कतार-नेपाल श्रम वार्ताः

कतार-नेपाल श्रम वार्ताः

काठमाडौँ । सरकारले काठमाडौंमा स्थापित कतार भिसा सेन्टर (क्यूभीसी) द्विपक्षीय श्रम सम्झौतामा समेटिएपछि मात्रै सञ्चालनमा आउन ...

चैत्र ४, २०७५
खेम माेक्तानकाे ‘के सारो जाडो’ नयाँ म्युजिक भिडियाे सार्वजनिक

खेम माेक्तानकाे ‘के सारो जाडो’ नयाँ म्युजिक भिडियाे सार्वजनिक

साराखबर संवाददाताफाल्गुन ३०, काठमाडाैं/ मोडल तथा म्युजिक भिडियो निर्देशक खेम मोक्तानकाे ‘के सारो जाडो’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक ...

फाल्गुन ३०, २०७५