चैत्र ८, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
उपमहानगरपालिका वडा नम्वर ४ मा रहेका बृद्ध बृद्धालाई सम्मान



उपमहानगरपालिका वडा नम्वर ४ मा रहेका  बृद्ध बृद्धालाई सम्मान

दिनेश ठाकुर 
नेपालगन्ज  । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ मा रहेका  बृद्ध बृद्धालाई सम्मान गरिएको छ ।

 वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा एक सय ५७ जनालाई सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा सबै बृद्ध बृद्धालाई दोसल्ला , यातायात खर्च र फलफूल सहयोग गरिएको हो । वडा कार्यलयले आफ्नै बजेटमा जेष्ठ नागरिकहरुको सम्मानका लागि ५० हजार रुपैया सहयोग गर्ने निर्णय भए सगै जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको अध्यक्ष बेहनाले बताए । 

कार्यक्रममा बोल्दै अध्यक्ष बेहनाले भने– “जेष्ठ नागरिकको सम्मान जरुरी रहेको र जसले आफ्नो आमा बुवा र जेष्ठ नागरिकको सम्मान गर्न सक्दैन ति ब्यक्तिहरुले न समाजमा न वाडमा न राष्ट्रमा कुनै बिकास गर्न नसक्ने” बताए ।

अध्यक्ष बेहनाले “उमेर सबै एक नास हुँदैन र आज युबा अवस्थामा रहेकाहरु पनि भोली गएर बृद्ध बन्नू पर्छ, त्यसैले जेष्ठ नागरिकलाई सहयोग र सम्मान गर्न सबैको कर्तब्य रहेको” भएको बताए ।



 कार्यक्रममा कार्यपालिका सदस्य इन्दिरा शाहि, वडा सदस्य मेनुका जोशी, प्रताप सिंह सिजापति, जयपत्रा कोरी, वडा सचिब राज कुमार कार्की,समाजसेबी सलीम मुसलमान, महिला स्वास्थ्य स्वयंसेबिका प्रेमा शाही, बुद्धीजीबि श्यामलाल अर्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा  एक सय ५७ जनाको सम्मान गर्ने कार्यक्रम भएपनि आज ५७ जनामात्रै उपस्थित भएको वडा सचिब राजकुमार कार्कीले बताए । 
स्वागत मन्तब्य राख्दै जेष्ठ नागरिकहरुलाई सम्मान र माया गर्न जरुरी रहेको कार्यपालिका सदस्य शाहिले बताउनु भयो ।

 त्यस्तै वडा सदस्य मेनुका जोशीद्वारा सञ्चालन गरेको कार्यक्रममा जेष्ठ नागरिक परमेश्वर पाणीकरले आफ्नो भनाई राख्नु भएको थियो ।



स्थानीय समाचार
भक्तपुरका डा. इवामुरा अस्पतालको लापरवाहीले विरामीकाे मृत्यु , पाँचलाख दिएर घटना लुकाउन खाेज्दै

भक्तपुरका डा. इवामुरा अस्पतालको लापरवाहीले विरामीकाे मृत्यु , पाँचलाख दिएर घटना लुकाउन खाेज्दै

भक्तपुर । लडेर हात भाँची उपचार गर्न आएका विरामीको अस्पतालको लापरवाहीले ज्यान गएको छ । ...

चैत्र ७, २०७५
काभ्रेकाे राेशीगाउँपालिकामा गाेली हानाहान फेसबुकमा मात्र ,

काभ्रेकाे राेशीगाउँपालिकामा गाेली हानाहान फेसबुकमा मात्र ,

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूह र प्रहरीबीच गोली हानानहान भएको समाचार हल्ला मात्र ...

चैत्र ६, २०७५
नेपालगञ्जमा अन्तर धार्मिक संजालद्वारा होलि मिलन कार्यक्रम  सम्पन्न

नेपालगञ्जमा अन्तर धार्मिक संजालद्वारा होलि मिलन कार्यक्रम सम्पन्न

साराखबर संवाददातानेपालगञ्ज नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ मा होलि मिलन कार्यक्रम गरिएको छ । ...

चैत्र ५, २०७५
बागेश्वरी एफ एमका लेखा संयोजक सुवेदीलाई मातृ शोक

बागेश्वरी एफ एमका लेखा संयोजक सुवेदीलाई मातृ शोक

साराखबर संवाददाता नेपालगञ्ज, रेडियो बागेश्वरी एफएमका लेखा संयोजक पूर्ण चन्द्र सुवेदीलाई मातृ शोक परेको छ । ...

चैत्र ५, २०७५
बाँकेका वडा अध्यक्षहरु संगठीत, संयोजकमा मिश्र चयन

बाँकेका वडा अध्यक्षहरु संगठीत, संयोजकमा मिश्र चयन

नेपालगञ्ज, बाँकेमा निर्वाचित स्थानीय तहका वडाध्यक्षहरु संगठित भएका छन् । डुडुवा गाउँपालिका वडा नं। ६ ...

चैत्र ४, २०७५
बाँकेको राप्तीसोनारीमा वडा सदस्य वलीको लगानीमा फुटवल मैदान तयार हुँदै

बाँकेको राप्तीसोनारीमा वडा सदस्य वलीको लगानीमा फुटवल मैदान तयार हुँदै

साराखबर संवाददातानेपालगन्ज ,बाँकेको राप्तीसोनारी गाउँपालिका २ कचनापुर टीकुलीपुरमा जनप्रतिनिधीको सहयोगमा फुटबल मैदान तयार  गरिदै  छ ...

चैत्र ४, २०७५