असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
जडिबुटी ब्यवसायी संघ जवानको शनिबार अधिवेशन हुँदै



जडिबुटी ब्यवसायी संघ जवानको शनिबार अधिवेशन हुँदै

 दिनेश ठाकुर ,

नेपालगञ्ज,। नयाँ नेतृत्व चयनका लागि नेपाल जडिबुटी ब्यवसायी संघ (जवान)को आज शनिबार नेपालगञ्जमा अधिवेशन हुँदैछ । 

आइतबारसम्म चल्ने अधिवेशनको बनमन्त्री शक्ति बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  २० औं साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ । 

संघका केन्द्रीय अध्यक्ष मो. याकुब अन्सारी (गोब्रे)ले संघमा ३३६ सदस्य रहेको र सबैको नविकरण हुन बाँकी रहेको बताए । 

बर्तमान कार्यसमितिका उपाध्यक्ष शकिल अहमद जसगढले आगामी नेतृत्वको लागि आफु शसक्त दाबेदार भएको बताए ।

उनले तीन कार्यकाल उपाध्यक्ष भएर संघको नेतृत्वलाई सघाएको बताउदै यसपालि आफ्नो पालो भएको बताए । 

उनले भने–‘बर्तमान अध्यक्ष ज्यू प्रदेश सांसद भएर सबैको साझा व्यक्ति हुनु भयो त्यस कारणले पनि उहाँ सबैको नेता बन्दै यो पटक मलाई संंघको जिम्मेवारी दिनु पर्छ जस्तो लागेको छ ।’ 

उनले आफु नेतृत्वमा आए व्यासायीका विभिन्न खालका समस्याको समाधानको लागि पहल गरी व्यवसायको प्रबद्र्धनमा जोड दिने योजना तयार गरी काम गर्ने बताए ।

जसगढ नेपालगञ्जका प्रतिष्ठित ब्यवसायी मानिन्छन् । अध्यक्ष गोव्रेले समेत अध्यक्षका लागि चाहना गरेका छन् ।



स्थानीय समाचार
प्रतिबन्धित लागुऔषधसहित तीन पक्राउ

प्रतिबन्धित लागुऔषधसहित तीन पक्राउ

काठमाडाैँ - प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको ...

असार १, २०७६
मध्यपुर थिमिको नगदेश र धुन्चोहाईटमा विकास कार्य तिव्र

मध्यपुर थिमिको नगदेश र धुन्चोहाईटमा विकास कार्य तिव्र

पुनम ढुंगेल (प्रशिक्षार्थी)भक्तपुर । आर्थिक वर्ष २०७५–७६ का अनुसार मध्यपुर थिमि वडा नं. ७ मा ...

जेठ ३२, २०७६
यौन दुरव्यवहारबारे सचेत हुदै खजुराका किशोरीहरु

यौन दुरव्यवहारबारे सचेत हुदै खजुराका किशोरीहरु

नेपालगन्ज, सवारी साधनमा यौन दुरव्यवहार हुने गरेको भन्दै खजुराका किशोरीहरु खजुरा गाउँपालिकामा पुगेर जानकारी गराएका ...

जेठ ३१, २०७६
तिमाल वडा न. ६ ठुलाे पर्सेलमा महिला सीप विकास कार्यक्रम

तिमाल वडा न. ६ ठुलाे पर्सेलमा महिला सीप विकास कार्यक्रम

काठमाडाैँ ।  तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गा माया तामाङकाे प्रमुख आतित्थ्यतामा वडा न. ६ ठुलाे पर्सेलमा ...

जेठ २८, २०७६
हुरीले नवलपरासीको ४० घरमा क्षति

हुरीले नवलपरासीको ४० घरमा क्षति

नवलपरासी । पूर्वीनवलपरासीको दुर्गम गाउँपालीका बुलिगंंटार–४, अर्खलाको चुलीबोझामा आइतबार साँझ गएको हावाहुरीले क्षति पु¥याएको छ ...

जेठ २७, २०७६
पाल्पामा जङ्गली च्याउ खाँदा दुईको मृत्यु आठ बिरामी ।

पाल्पामा जङ्गली च्याउ खाँदा दुईको मृत्यु आठ बिरामी ।

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ ...

जेठ २६, २०७६