माघ ३, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
धारसेला छामे म्याेवा तामाङ म्युजिक भिडियाे सार्वजनिक



धारसेला छामे म्याेवा तामाङ म्युजिक भिडियाे सार्वजनिक

तामाङ समुदायमा सर्वादिक चर्चित नायक अमिर दाेङद्वारा अभिनित धारसेला छामे म्याेवा तामाङ म्युजिक भिडियाे  हिजाे नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाइवाकाे प्रमुख अातित्थ्यमा सार्वजनिक भएकाे छ । 

विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, कलाकारहरू अन्य व्यक्तिहरूकाे उपस्थितिमा पत्रकार सम्मेलन गरी याे म्युजिक भिडियाे सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा विभिन्न व्यक्तिहरूले याे म्युजिक भिडियाे हेरेर सल्लाह र सुझाव दिएका थिए । अहिले तामाङ भाषाका धेरै चलचित्रहरू निर्माण भएकाे छ साथै गीत तथा म्युजिक भिडियाेहरू निर्माण हुने गरेका छन् जुन अन्य जनजातिहरू भन्दा तुलनात्मकरूपमा अगाडी छन् । 

विशेष अतिथि तथा नेपाल तामाङ कलाकार संघका महासचिव विशाल काल्तेनले याे म्युजिक भिडियाेले तामाङ समुदायमा नदेखेका कुरीतिहरूलार्इ प्रस्टयाउन खाेजेकाे बताउनु भयाे भने लगानीकाे अभावका कारणले अझपनि भने जस्ताे चलचित्र तथा म्युजिक भिडियाे निर्माण गर्न गाह्राे भएकाे अनुभव सुनाउनु भयाे । 

नायक अमिर दाेङ अाफैमा चर्चित नायक हुन् । उहाँले धेरै तामाङ चलचित्र तथा म्युजिक भिडियाेहरूमा अभिनय गरिसकेका छन् । याे धारसेला छामे म्याेवा म्युजिक भिडियाे नायक अमिर दाेङ अाफैले निर्देशन गरेका हुन् । तर याे म्युजिक भिडियाेमा उहाँले नयाँ कलाकारहरूलार्इ अभिनय गर्ने अवसर दिनु भएकाे छ । तामाङ कलाकारिताकाे क्षेत्रमा नयाँ कलाकारलार्इ जन्माउनु राम्राे नै हाे । रहर या व्यवसायीक हाे याे भने छुट्टयाउन गाह्राे छ ।

धारसेला छामे म्याेवा म्युजिक भिडियाे तामाङ समुदायमा चल्दै अाएकाे परम्परागत ठट्टयाैलीमा अाधरित कथालार्इ परिकल्पना गरी अहिलेका नारीहरूले लगाउने पहिरानलार्इ गीतकाे माध्यमबाट व्यङ्ग्य गरेकाे दृश्य देख्न सकिन्छ । अाधुनिकताकाे नाममा तामाङ महिलाहरूले प्रयाेग गरेका स्याम्हहरू हराउँदै गइरहेकाे प्रति रचनाकारले गीतकाे माध्यमबाट चिन्ता व्यक्त गर्न खाेजेकाे प्रस्ट हुन्छ । संगीतकार तथा शब्द रचनाकार सानुबाबु घिसिङले तामाङ सेलाेमा नयाँपन दिन खाेजेकाे हाे भन्दा फरक नपर्ला ।

माेडल कल्पना दाेङ र संझना दाेङका लागि भने याे म्युजिक भिडियाे कलाकारिताकाे दुनियाँमा प्रवेश गर्ने एक शुवर्ण अवसर  हाे ।

नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाइवाले सफलताकाे  शुभकामना दिनु भएकाे थियाे ।   

 
म्युजिक भिडियाे हेर्नका लागि यहाँ Click गर्नु हाेला ।
https://youtu.be/I_qbDGZKQfM

Image may contain 8 people including Milan Lama Dong and Hw Lm Dg people sitting and indoor
Image may contain one or more people people standing and shoes

Image may contain 6 people including Yosaf Lama people smiling people sitting



कलाशैली
थारू समुदाय र मगर समुदायले काठमाडाैँमा  धुमधाम माघे संक्रान्ति मनायाे

थारू समुदाय र मगर समुदायले काठमाडाैँमा धुमधाम माघे संक्रान्ति मनायाे

काठमाडौंमा बस्दै आएका थारु समूदायले पनि आफ्नो महान् पर्व ‘माघी’ धुमधाम साथ मनाएका छन्।माघे संक्रान्तिको ...

माघ १, २०७५
 मिस तामाङ २०१९ काे पहिलाे अडिसन सम्पन्न ,

मिस तामाङ २०१९ काे पहिलाे अडिसन सम्पन्न ,

काठमाडाैँ । एभरेष्ट फेसन हाेमकाे अायाेजनामा मिस तामाङ २०१९ काे पहिलाे अडिसन सम्पन्न भएकाे छ । ...

पुष २८, २०७५
धारसेला छामे म्याेवा तामाङ म्युजिक भिडियाे सार्वजनिक

धारसेला छामे म्याेवा तामाङ म्युजिक भिडियाे सार्वजनिक

तामाङ समुदायमा सर्वादिक चर्चित नायक अमिर दाेङद्वारा अभिनित धारसेला छामे म्याेवा तामाङ म्युजिक भिडियाे  हिजाे ...

पुष २८, २०७५
तामाङ भवन बाैद्दमा  पाैष २८ गते डाेल्पाे टुल्कु रिन्पाेछेबाट प्रवचन हुने

तामाङ भवन बाैद्दमा पाैष २८ गते डाेल्पाे टुल्कु रिन्पाेछेबाट प्रवचन हुने

टि च्याङ्बा तामाङ, काठमाण्डाै । तामाङ भवनमा श्रद्धेय धर्मगुरु परम्पूज्यनीय डोल्पो टुल्कु ओग्यान छोइङ येशे ...

पुष २५, २०७५
स्वर्गीय नायक तिर्थ कुमार लामाकाे सम्झनामा  श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

स्वर्गीय नायक तिर्थ कुमार लामाकाे सम्झनामा श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

तामाङ चलचित्र संघकाे अायाेजनामा स्वर्गीय नायक तिर्थ कुमार लामाकाे सम्झनामा अाज १३ अाैं पुण्य तिथिकाे ...

पुष २५, २०७५
कविता - ताराको देशमा हराएको नागरिकता खोजिरहेछु ।

कविता - ताराको देशमा हराएको नागरिकता खोजिरहेछु ।

राजबाबु श्रेष्ठ 'सागर'मान्छे हुनु नै एक अनौंठो स्वभाव लिएर जन्मनु रहेछ ।जब जन्मिन्छ बच्चाउसलाई संसारकै प्यारो आफ्नो आमा लाग्दो रहेछ ...

पुष २४, २०७५