माघ ३, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सुधार गृह सञ्चालनमा राज्यको भूमिका कस्तो ?



सुधार गृह सञ्चालनमा राज्यको भूमिका कस्तो ?

काठमाडाैं । सुरक्षा निकायले पछिल्लाे समय विना प्रमाण सुधार गृहहरूमा छापा मार्ने कार्य गर्दा सुधार गृह संचालन गर्न समस्या भएकाे भन्दै  रिकभरीङ साेसाइटी अफ नेपालले पत्रकार सम्मेलन गरेर राज्यको ध्यानाकर्षण गराएका छन् । सुधार गृह संचालनमा राज्यकाे भूमिका कस्ताे हुनुपर्छ ? याे अहिले बहसकाे विषय नै बनेकाे छ । 

साहारा नेपाल (महिला) की अध्यक्ष एनी सुनुवारले नेपालमा महिला सुधार गृहको अभाव भएको भन्दै सरकारलाई व्यबस्थापनका लागि आग्रह गरेकी छिन् ।

उनले भनिन्,‘म पनि पूर्व लागू पदार्थ प्रयोगकर्ता नै हुँ, सडकबाट सुधार केन्द्रसम्म पुगेर अहिले सडकमा पुगेका र जीवनबाट निरास बनेकाहरुलाई सुधार्ने अभियानमा छु, देशभरमा महिला सुधार केन्द्र पाँचवटा मात्रै छन्, सुधार गर्ने ठाउँ छैन्, सडकमा पुग्ने परिस्थिति छ ।’

लागू पदार्थमा फँसेका महिलाकोबारेमा घर परिवार नै बेखबर बन्ने हुँदा सुधार गर्न असहज भएको बताउँदै  एनी सुनवारले भन्नुभयाे ,‘घर परिवारले पनि छोरीलाई हेर्ने दृष्टिकोण बद्लिनुपर्छ, छोरोको लागि घरजग्गा बेचेर भएपनि सुधारगृहमा राख्ने तर छोरीलाई सडकमा लगेर छोड्ने काम हुनु दुःखद हो, एउटा व्यक्तिलाई महिनामा ३० हजार जति खर्च गरेर उपचार गर्न सकिन्छ, सक्नेले तिरेर राख्छन् तर गरिब परिवारहरुले ३० हजार तिर्न सक्दैनन्, उनीहरुले आफ्नो आफ्न्तलाई छोडिदिन्छन्, यस्तो अवस्थामा सरकारले हेर्नुपर्छ ।’

राज्यले गर्नु पर्ने काम सुधार गृह संचालकहरूले गरिरहेकाे हुनाले राज्यकाे तर्फबाट साथ पाउनु पर्नेमा उल्टो अाराेप लागेकाेमा उहाँले दुःख पाेख्नु भयाे । 

यसैगरी सुधारगृह सञ्चालक वाङ्दे लामाले भन्नुभयाे बेला बखत हामीलाई त्रासमा पार्ने काम भईरहेको छ, यो ठिक होइन, महिलाहरुको लागि सुधार गर्नको लागि महिला सुधार गृहको व्यवस्था छैन्, हामीले सक्दो गरेका छौं, यसमा पनि राज्यको साथ रहेन भने कसरी समाज बन्छ ?’
Image may contain text

नेपाल बार एशोशिएसनका निर्वतमान सचिव एवम् अधिवक्ता विष्णु लुईटेलले नागरिकहरुको बारेमा चासो राख्नु राज्यको कर्तव्य रहने बताएका छन् । उनले लागू पदार्थ दुर्व्यशनमा फसेका नागरिकहरुको बारेमा राज्यले चासो राख्नुपर्ने पनि बताए ।

उनले भने,‘आफ्ना नागरिकहरुको अवस्था के छ ? खान, बस्न र लगाउन पाएको छ कि छैन ? त्यस्ता आधारभुत कुराहरुको बारेमा राज्यले भूमिका खेल्नुपर्छ, खासमा दुर्व्यशनमा फसेका व्यक्तिहरुको बारेमा सरकार झन् जिम्मेवार रहनुपर्छ ।’

सरकारले गर्नुपर्ने काम निजी क्षेत्र र केही सामाजिक अभियन्ताहरुको तर्फबाट भैरहेको अवस्थामा सरकारबाटै साथ नभएको जिकिर गरे । उनले भने,‘सरकारले यस क्षेत्रको बारेमा आवश्यक कानून बनाएर मानिसहरुलाई सुधार गर्ने र सभ्य नागरिक बनाउने काम गर्नुपर्छ, तर त्यसो हुनुको साटो राज्यबाटै सामाजिक अभियन्ता र सञ्चालकमाथि त्रासको वातावरण सिर्जना गर्ने काम भईरहेको छ भन्ने कुरा सुनिँदैछ । यो बिड्म्बना हो, गृहमन्त्रालयसँगै महिला सुधार गृहको बारेमा कुनै तथ्याङ्क छ जस्तो मलाई लागेको छैन, यसको जिम्मेवार पनि गृह मन्त्रालय नै हो ।’

पत्रकार सम्मेलनमा संस्थाका संयाेजक रबिन कार्कीले कहिलेकाहीँ अाधारहिन अाराेपहरू लगाएर सुरक्षा प्रसाशनले दुःख दिने गरेकाेमा गुनासाे पाेखेका छन् । सुधार गृहका बारेमा सरकारले अावश्यक मापदण्ड तयार गरी काम गर्न सहज वातावरण मिलाउनु पर्ने संयाेजक कार्कीले बताए ।





राष्ट्रिय समाचार
 इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था प्रस्ताव

इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था प्रस्ताव

काठमाडौँ — सरकारले इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था ...

माघ १, २०७५
सांसद गंगा बाहदुर तामाङकाे पहलमा काभ्रेका  भुकम्प पीडितहरूलार्इ खुशीकाे खबर

सांसद गंगा बाहदुर तामाङकाे पहलमा काभ्रेका भुकम्प पीडितहरूलार्इ खुशीकाे खबर

काठमाडाैँ । अाज प्रधानमन्त्री कार्यालय बालुवाटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समितिकाे बैठकमा प्रतिनिधि सभाका सांसद गंगा ...

पुष ३०, २०७५
स्वास्थ्य कर्मचारीले आफ्नै कार्यालयबाट राति औषधि चोरे

स्वास्थ्य कर्मचारीले आफ्नै कार्यालयबाट राति औषधि चोरे

डोल्पा : डोल्पामा स्वास्थ्य कार्यालयका कर्मचारीले आफ्नै कार्यालयबाट राति औषधि चोरेका छन्। स्वास्थ्य कार्यालय डोल्पामा ...

पुष ३०, २०७५
नेपाल टेलिकमकाे अाकर्षक विन्टर अफर

नेपाल टेलिकमकाे अाकर्षक विन्टर अफर

काठमाडाैँ । नेपाल टेलिकमले अाइतबार देखि लागू हुने गरी ग्राहकहरूकाे सुविधाका लागि विभिन्न अाकर्षक विन्टर ...

पुष २९, २०७५
पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भन्ने गलत इतिहास लेखनकाे अभ्यासः डा. मुक्तसिंह तामाङ

पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भन्ने गलत इतिहास लेखनकाे अभ्यासः डा. मुक्तसिंह तामाङ

पेमा तामाङ माेक्तान, काठमाडाैँ । गोरखा साम्राज्य नेपालका प्रथम राष्ट्रहरुको दृष्टिुु सम्बन्धी विशेष कार्यक्रम सम्पन्न ...

पुष २६, २०७५