असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
मिस तामाङ २०१९ काे पहिलाे अडिसन सम्पन्न ,



 मिस तामाङ २०१९ काे पहिलाे अडिसन सम्पन्न ,

काठमाडाैँ । एभरेष्ट फेसन हाेमकाे अायाेजनामा मिस तामाङ २०१९ काे पहिलाे अडिसन सम्पन्न भएकाे छ । अाज भएकाे अडिसनमा २७ जनाले सहभागीता जनाएका छन् । 

नेपालमा मिस तामाङको इतिहास लामो छैन । अंग्रेजी क्यालेन्‍डर अनुसार २००६ मा पहिलो मिस तामाङ भएको थियो । प्रथम  मिस तामाङ पनि विवादको बिचमा नै सम्पन्‍न भएको थियो । जेनिशा मोत्तानलाई पहिलो मिस  तामाङ हुने अवसर प्राप्त भएको थियो । उनी पछि मिस नेपाल पनि हुन सफल भइन् ।



हाल सम्म जेनिशा मोक्तान, उपाली ग्याबक, समी बज्यु ,रोजिना घिसिङ,सुमी मोक्तान, लाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान, उर्मिला योञ्‍जन र पिंकी घिसिङ्ले मिस तामाङ र सिमरन घिसिङले ताज पहिरि सकेका छन्‌ ।

अाजबाट शुूरू भएकाे मिस तामाङकाे यात्रा अगामी फागुन १८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमालादीमा टुङ्गिने अायाेजक तथा एभरेष्ट फेसन हाेमका अध्यक्ष रन्जिता तामाङ जानकारी दिनु भयाे । 

अन्तराष्ट्रिय स्तरमा हुने साैन्दर्य प्रतियाेगितामा मिस तामाङ २०१९ का विजेताले सहजै भाग लिन पाउने व्यवस्था मिलाएकाे अध्यक्ष ल्वाेनकाे दावी छ। प्रारम्भीक छनौटमा परेकाहरुलाई आत्मविश्वास,व्यक्तित्व विकास तथा सँस्कृति जागरण लगायतका विभिन्न विषयमा एक महिने तालिम शुरु गर्ने फेसन होमले जनाएको छ ।


अाज भएकाे अडिसनमा दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगाएतको ठाउँबाट सहभागी रहेको एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामाले जानकारी दिइन ।

‘मिस तामाङ २०१९’लाई भव्य साँस्कृतिक उत्सवको रुपमा विकास गर्नेगरी तयारी गरिएको उनको भनाई छ ।

सहभागीताको लागि तामाङ जातिको हुनुपर्ने,१६ वर्ष देखि २८ वर्ष उमेर समुहको हुनुपर्ने, कम्तीमा ५ फिट उचाई हुनुपर्ने लगायतका योग्यता निर्धारण गरिएको थियो ।

‘मिस तामाङ २०१९’ को विजेतालाई १ लाख नगद, सिल्बर क्रोउन र गिफ्ट हेम्पर दिईनेछ । त्यस्तै फास्ट रनर अपलाई ५० हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ड रनर अपलाई २५ हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्परको व्यवस्था गरिएको छ । १० जनालाई भने विभिन्न सबटाईटल अवार्ड प्रदान गरिनेछ ।

मिस टिन नेपाल २०१५ का फस्ट रनरअप राेजि गीरी , संचारकर्मी कर्म ध्वज लामा, २०१७ का मिस तामाङ पिङ्की घिसिङ, र २०१८ का मिस तामाङ सिमरन घिसिङ अाजकाे छनाेट कार्यमा निर्णायक रहेका थिए । 

 









कलाशैली
मृगाैला पीडित  सहयाेगार्थ स्वरूप भक्तपुरमा चलचित्र ''लाइफ पार्टनर'' प्रदर्शन

मृगाैला पीडित सहयाेगार्थ स्वरूप भक्तपुरमा चलचित्र ''लाइफ पार्टनर'' प्रदर्शन

काठमाडाैँ ।हाम्राे मिसन समृद्ध नेपाल , तामाङ चलचित्र संघ र छाेर्वाला काई काे पहलमा कालीदवी ...

जेठ ३२, २०७६
थोइसम गोङफेलिङ संस्था बाैद्धमा ञ्युङने कार्यक्रम सम्पन्न

थोइसम गोङफेलिङ संस्था बाैद्धमा ञ्युङने कार्यक्रम सम्पन्न

संवाददाता पुनम ढुंगेल (प्रशिक्षार्थी)काठमाडौं । काठमाडौको बौद्धमा रहेको थोईसम गोङफेलिङ संस्था विगत ३ वर्ष अगाडी ...

जेठ २९, २०७६
तेस्राे जनजाति चलचित्र महाेत्सव सम्पन्न, उत्कृष्ट अवार्ड कस्ले जित्याे ?

तेस्राे जनजाति चलचित्र महाेत्सव सम्पन्न, उत्कृष्ट अवार्ड कस्ले जित्याे ?

काठमाडाैँ । उपराष्ट्रपति नन्द किशाेर पुन ज्यूकाेले उदघाटन गर्नुभएकाे तेस्राे नेपाल आदिवासी जनजाति चलचित्र महाेत्सव-२०७६आइतबार ...

जेठ २७, २०७६
नेपाल कलाकार संघकाे अध्यक्षमा रविन्द्र खड्का विजयी

नेपाल कलाकार संघकाे अध्यक्षमा रविन्द्र खड्का विजयी

काठमाडाैँ । शनिवार भएकाे नेपाल कलाकार संघकाे निर्वाचनबाट रविन्द्र खड्का अध्यक्षमा विजय हुनुभएकाे छ । ...

जेठ २६, २०७६
बुढानिलकण्ठ नगरपालिकामा राष्ट्रिय काव्य गाेष्ठी-२०७६ हुने

बुढानिलकण्ठ नगरपालिकामा राष्ट्रिय काव्य गाेष्ठी-२०७६ हुने

काठमाडाैँ । कवि बैरागी काँईलाकाे प्रमुख आतित्थ्यतामा बाग्द्वार राष्ट्रिय काव्य गाेष्ठी-२०७६ हुने भएकाे छ  । बाग्द्वार ...

जेठ २२, २०७६