चैत्र ८, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अष्ट्रेलियामा भयावह बाढी पश्चात् मानिसहरु छतमा अनि गोही देखिए सडकमा



अष्ट्रेलियामा भयावह बाढी पश्चात् मानिसहरु छतमा अनि गोही देखिए सडकमा

क्यान्बेरा, अष्ट्रेलिया । अत्याधिक गर्मीको रेकर्ड तोडेपछि अष्ट्रेलिया हाल भीषण बाढीको चपेटामा छ । भारी वर्षा पश्चात् आएको बाढीले देशको उत्तर-पूर्वी भू-भाग जलमग्न भएको छ । राहत र उद्दार कार्यको मद्दतको लागि सेनालाई तैनाथ गरिएको छ । पानीको बहावसँगै बस्तीका सडकमा गोहीहरु पनि देखिन थालेका छन् । मौसम विशेषज्ञहरु यो बाढीलाई शताब्दी कै सबैभन्दा भयानक बाढी बताइरहेका छन् । उनीहरुका अनुसार यदि केही दिन अझैं यसरी नै वर्षा भईरहे २० हजार घरहरु पानीमा डुब्ने बताएका छन् ।

क्विन्सल्याण्ड र त्यसको वरपरको ईलाकामा सयौं मानिसहरु घरको छतमा फसिरहेका छन् । टाउन्सभिले शहरका ४०० भन्दा धेरै मानिसहरुले सेनाको ब्यारेकमा शरण लिईरहेका छन् । कयौँ घरहरुको पहिलो तल्ला पानीमा डुबिसकेको छ । फ्रिज, टेलिभिजन तथा घरका अन्य उपकरणहरु पानीमा तैरिरहेको अवस्थामा छन् । बाढीबाट प्रभावित सयौं मानिस घर छोड्न विवश भएका छन् । स्कूल, कार्यालय तथा विमानस्थलहरु पनि बन्द गरिएका छन् । बाढीसँगै आएको भूक्षयले त्यहाँको अवस्था अझ बिगारेको छ ।


उत्तर-पूर्वी अष्ट्रेलियामा मनसूनमा भारीमात्रामा वर्षा हुने गर्दछ तर यस पटक भने त्यहाँ सामान्यभन्दा निकै धेरै वर्षा भएको हो ।

इङ्घम शहरमा सोमवार वर्षा भएको केही घण्टा मै १० सेन्टिमिटरभन्दा बढी वर्षा भएको थियो । मौसम विभागले त्यहाँ एकै सातामा नै एक वर्षमा हुने वर्षा भएको आशंका गरेको छ । विभागका अनुसार पूर्वीय क्षेत्रमा हरेक साल ६.५ फीट वर्षा हुने गर्दछ तर कयन क्षेत्रहरुमा भने वर्षाले यो आँकडा पार गरिसकेको छ । 


अन्तर्राष्ट्रिय समाचार
हतियार विसाएर वार्तामा आउनुसः नेत्रविक्रम नेतृत्वकाे नेकपालाई  सरकारकाे आग्रह

हतियार विसाएर वार्तामा आउनुसः नेत्रविक्रम नेतृत्वकाे नेकपालाई सरकारकाे आग्रह

काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपालाइ सरकारले गाेलाबारूद बिसाएर संवादमा आउन आग्रह गरेकाे छ । ...

चैत्र ७, २०७५
भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ सहयाेग

भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ सहयाेग

काठमाडौं । सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ ...

चैत्र ७, २०७५
काठमाडाैँ आउँदै गरेकाे विमान दुर्घटना हुनबाट जाेगियाे

काठमाडाैँ आउँदै गरेकाे विमान दुर्घटना हुनबाट जाेगियाे

काठमाडौं । पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढ्दा ...

चैत्र ४, २०७५
पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त

पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त

काठमाडौँ — भारतीय वायु सेनाको फाइटर विमानले पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा ...

फाल्गुन १४, २०७५
भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

ल्याटिन अमेरिकी देश भेनेजुएलामा हाल राजनीतिक उथलपुथल भइरहेको छ । राष्ट्रपति मादुरो सत्ताच्यूत भएको घोषणासँगै ...

फाल्गुन १, २०७५
ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिल, एजेन्सी । ब्राजिलको फ्लामेङ्गो यूथ टीमको प्रशिक्षण केन्द्र निन्हो उरुबामा आगो लाग्नाले दस जनाको ...

माघ २५, २०७५