चैत्र ८, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ बीच हुने दोस्रो शिखरवार्ताको घोषणा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ बीच हुने दोस्रो शिखरवार्ताको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिच हुने भनिएको दोस्रो भेटको स्थान र मितिको घोषणा भएको छ । ट्रम्पले मंगलवार स्टेट अफ द यूनियनलाई सम्बोधन गर्ने क्रममा स्वयं यसको घोषणा गरेका हुन् । उनले भने कि किमको साथ उनको दोस्रो शिखरवार्ता २७ र २८ फेब्रुअरीमा भियतनाममा हुनेछ । तर यी दुई नेताहरुको यो शिखरवार्ता भियतनामको कुन शहरमा हुन्छ भन्ने चाहिँ हालसम्म स्पष्ट पारिएको छैन । चर्चामा भने भियतनामको राजधानी हनोई  या दनाङ शहरमध्य एकमा यी दुईको भेट हुनसक्ने बताइन्छ ।

ट्रप र किमको पहिलो शिखरवार्ता अघिल्लो साल १२ जूनमा सिङ्गापुरमा भएको थियो । कोरियाली प्रायद्वीपलाई परमाणु मुक्त बनाउने सम्बन्धि सहमति भएको सो शिखरवार्ता खासै प्रभावकारी भएन । अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधित गर्दै ट्रम्प भन्छन्, 'कोरियाली प्रायद्वीपमा शान्ति स्थापित गर्ने प्रयासमा मेरो प्रशासनले प्रगति गरेको छ । हामी यस प्रायद्वीपमा शान्ति कायम गर्न निरन्तर ऐतिहाँसिक रुपमा प्रयासरत छौं । विगत १५ महिनादेखि त्यहाँ कुनै परमाणु र मिसाइल परीक्षण नगरिनु यसैको परिणाम हो । किमसँग मेरो राम्रो सम्बन्ध छ । किम र म २७ र २८ फेब्रुअरीमा भियतनाममा पून: भेट गर्दैछौं ।'

योभन्दा अघि सेप्टेम्बर २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो वैठकको लागि उत्तर कोरियाका नेता किम जोङ उनले पत्र लेखेका थिए । राष्ट्रपतिलाई ट्रम्पले किम जोङ उनको एक पत्र पाएको कुरा व्हाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले बताएकी थिइन् । प्रवक्ताका अनुसार पत्र निकै उत्साह र हार्दिकताले भरिपूर्ण सकारात्मक थियो जसमा उत्तर कोरिया कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त बनाउन प्रतिवद्ध रहेको सन्देश थियो । स्यान्डर्सका अनुसार उक्त पत्रको प्राथमिक उद्देश्य राष्ट्रपति ट्रम्पसँग अर्को एक बैठक निर्धारित गर्नु थियो । उनले भने कि दुई नेता बीच दोस्रो बैठकको विषयमा पहिलेदेखि नै छलफल चलिरहेको भए पनि यस विषयमा निर्णय भने लिइएको थिएन ।

अन्तर्राष्ट्रिय समाचार
हतियार विसाएर वार्तामा आउनुसः नेत्रविक्रम नेतृत्वकाे नेकपालाई  सरकारकाे आग्रह

हतियार विसाएर वार्तामा आउनुसः नेत्रविक्रम नेतृत्वकाे नेकपालाई सरकारकाे आग्रह

काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपालाइ सरकारले गाेलाबारूद बिसाएर संवादमा आउन आग्रह गरेकाे छ । ...

चैत्र ७, २०७५
भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ सहयाेग

भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ सहयाेग

काठमाडौं । सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ ...

चैत्र ७, २०७५
काठमाडाैँ आउँदै गरेकाे विमान दुर्घटना हुनबाट जाेगियाे

काठमाडाैँ आउँदै गरेकाे विमान दुर्घटना हुनबाट जाेगियाे

काठमाडौं । पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढ्दा ...

चैत्र ४, २०७५
पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त

पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त

काठमाडौँ — भारतीय वायु सेनाको फाइटर विमानले पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा ...

फाल्गुन १४, २०७५
भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

भेनेजुएलामा परिवारको आधारभूत आवश्यकताका लागि महिलाहरु आफ्नो शरीर बेच्न बाध्य

ल्याटिन अमेरिकी देश भेनेजुएलामा हाल राजनीतिक उथलपुथल भइरहेको छ । राष्ट्रपति मादुरो सत्ताच्यूत भएको घोषणासँगै ...

फाल्गुन १, २०७५
ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिल, एजेन्सी । ब्राजिलको फ्लामेङ्गो यूथ टीमको प्रशिक्षण केन्द्र निन्हो उरुबामा आगो लाग्नाले दस जनाको ...

माघ २५, २०७५