जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अाष्ट्रेलियाम तामाङहरूले फेब्रुवरि 16 साेनाम ल्हाेछार मनाउदै



अाष्ट्रेलियाम तामाङहरूले  फेब्रुवरि  16 साेनाम ल्हाेछार मनाउदै

अविरल तामाङ  सिड्नी,

अष्ट्रेलिया ।   तामाङ सोसाइटी अफ एन एस डब्लूटी अष्ट्रेलियाले हरेक बर्ष जस्तै फेब्रुवरि  16, 2019 का दिन सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेकोछ। 

बिगतको वर्षहरूमा नेपालबाट ख्यातिप्राप्त कलाकारहरुलाई निमन्त्रणा गरेर मनाउने गरेपनि यो वर्षको सोनाम ल्होछारमा भने स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्नको लागि सिड्नीमा रहेका ख्यातिप्राप्त कलाकाहरूकाे प्रस्तुतिहरुबाट कार्यक्रम हेर्ने दर्शकहरुलार्इ भरपुर मनोरन्जन दिनका लागि तामाङ सोसाइटिले बृहत तयारी थालेको सस्थाका महासचिब अबिरल तामाङले जानाकरी दिनुभएको छ। 

कार्यक्रमको तयारीका लागि स्थानिय कलाकारहरुको रिहर्सल हरेक शनिबार र आइतबार नियमित रुपमा भैरहेको पनि महासचिव तामाङले  जानकरी दिनु भएकोछ। 

यो बर्ष तामाङ समुदयले 2855 औ सोनाम ल्होछार सुगुर बर्ग अन्तर्गतको नयाँ बर्ष  मनाउदैछन। तामाङहरुको परम्परा, संस्कृती र दैनिकी झल्किने विशेष प्रस्तुतिहरुले भरिपुर्ण हुने बिशेष कार्यक्रममा यो वर्ष बिगतको वर्षहरु भन्दा पनि परिमार्जित कार्यक्रम प्रस्तुत हुने सचिब विशाल तामाङको दाबी रहेकोछ। 

सस्थाले तामाङ सस्कृतीलाई बचाउने प्रमुख एजेन्ड बनाएकोले त्यही अनुरुप सिङ्गो समुदयको चिनारी र संस्कृतिलार्इ निरन्तर रुपमा प्रथामिकताका साथ अगाडि लैजानु पर्ने सबैको कर्तव्य भएको सोसाइटीका अध्यक्ष सुन्दोर्जे तामाङले जानकारी दिनुभयाे । कार्यक्रम सफल बनाउन अष्ट्रेलियामा रहेका सम्पुर्ण नेपाली समुदायलार्इ उपस्थितिका लागि निमन्त्रणा  गरेका छन् ।



अन्तर्राष्ट्रिय समाचार
नेपालकाे नायिका पहिलाे पटक पेरिसकाे रेड कार्पेटमा

नेपालकाे नायिका पहिलाे पटक पेरिसकाे रेड कार्पेटमा

मे २० देखि २४ सम्म फ्रान्सकाे राजधानी पेरिसमा हुने  ‘क्यान्स फिल्म फेस्टिभल–२०१९’मा  नेपालले पनि सहभागीता ...

जेठ ५, २०७६
नायिकाकाे नाम किन फेर्न लगाए सलमान खानले ?

नायिकाकाे नाम किन फेर्न लगाए सलमान खानले ?

बलिउड अभिनेत्री कियरा अाडवाणीले अाफ्नाे नाम परिवर्तन गरेकी छिन् । नायक सलमान खानको सल्लाहमा आफ्नो ...

बैशाख २७, २०७६
 शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले  लियाे

शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियाे

काठमाडाैँ ।  आइतबार तीन सयभन्दा बढीको ज्यान जाने गरि श्रीलंकामा भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटको ...

बैशाख १०, २०७६
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरु,   घुस लिएको आरोप अस्वीकार गर्दै आएका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले स्वयंलाई गोली हानी ...

बैशाख ४, २०७६
अमेरिकामा नेपाली परेड

अमेरिकामा नेपाली परेड

न्यूयोर्क । अमेरिकाको कोलोराडो स्थित सामाजिक संस्था “हेल्पिङ हेण्ड्स” को सहयोग र “रक्की माउण्टेन फ्रेन्डस ...

बैशाख ३, २०७६
कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

काठमाडौँ । कतार भ्रमणमा रहेनु भएका सभमुख कृष्णबहादुर महाराले कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री शेख ...

चैत्र २४, २०७५