जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु



ब्राजिलको एक फूटबल क्लबमा आगोलागी, १० को मृत्यु

ब्राजिल, एजेन्सी । ब्राजिलको फ्लामेङ्गो यूथ टीमको प्रशिक्षण केन्द्र निन्हो उरुबामा आगो लाग्नाले दस जनाको मृत्यु भएको छ । एकाबिहानै लागेको सो आगोको चपेटामा थुप्रै मानिसहरु घाइते भएका छन्, जसमा एक जनाको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ । रियो डी जेनेरियो शहरमा अवस्थित यस फूटबल क्लवमा स्थानीय समयानुसार बिहान करीब पाँच बजे आगोलागी भएको थियो । सूचना पाउनासाथ विभागले आवश्यक दमकलहरु घटनास्थलमा तत्काल पठाएको थियो । 

ब्राजिलको लोकप्रिय फूटबल क्लबमा एक्कासी यसरी बिहानै आगो लाग्दा मानिसहरु हताहत भएका थिए । उरुबुको नेस्ट प्रशिक्षण केन्द्रमा आगोलागी भएपछि सँगैका भवनहरुबाट समेत मानिसहरुलाई सुरक्षित स्थानमा निकालिएको थियो । दमकल विभागका गाडीहरुले करिब दुई घण्टाको कसरत पश्चात् मात्र आगो नियन्त्रण गर्न सफल भएका थिए । उक्त आगोलागीमा मर्ने १० जना मध्य ६ जना जुनियर खेलाडी र बाँकी ४ जना त्यहाँ काम गर्ने कर्मचारी रहेको खुलेको छ ।    

फ्लामेङ्गो यूथ टीमको हेडक्वाटरमा आगो कसरी लाग्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । आगोलागी भएको उक्त प्रशिक्षण केन्द्र आजभन्दा दुई महिना पहिलामात्र बनेर तयार भएको हो । हाल आगोले जलेका मानिसहरुलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको जनाएको छ ।



अन्तर्राष्ट्रिय समाचार
नेपालकाे नायिका पहिलाे पटक पेरिसकाे रेड कार्पेटमा

नेपालकाे नायिका पहिलाे पटक पेरिसकाे रेड कार्पेटमा

मे २० देखि २४ सम्म फ्रान्सकाे राजधानी पेरिसमा हुने  ‘क्यान्स फिल्म फेस्टिभल–२०१९’मा  नेपालले पनि सहभागीता ...

जेठ ५, २०७६
नायिकाकाे नाम किन फेर्न लगाए सलमान खानले ?

नायिकाकाे नाम किन फेर्न लगाए सलमान खानले ?

बलिउड अभिनेत्री कियरा अाडवाणीले अाफ्नाे नाम परिवर्तन गरेकी छिन् । नायक सलमान खानको सल्लाहमा आफ्नो ...

बैशाख २७, २०७६
 शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले  लियाे

शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियाे

काठमाडाैँ ।  आइतबार तीन सयभन्दा बढीको ज्यान जाने गरि श्रीलंकामा भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटको ...

बैशाख १०, २०७६
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरु,   घुस लिएको आरोप अस्वीकार गर्दै आएका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले स्वयंलाई गोली हानी ...

बैशाख ४, २०७६
अमेरिकामा नेपाली परेड

अमेरिकामा नेपाली परेड

न्यूयोर्क । अमेरिकाको कोलोराडो स्थित सामाजिक संस्था “हेल्पिङ हेण्ड्स” को सहयोग र “रक्की माउण्टेन फ्रेन्डस ...

बैशाख ३, २०७६
कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

काठमाडौँ । कतार भ्रमणमा रहेनु भएका सभमुख कृष्णबहादुर महाराले कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री शेख ...

चैत्र २४, २०७५