जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
ज्ञानमन्दिर सेकेण्डरी इङलिस स्कुलको अभिभावक दिवस भव्यताका साथ सम्पन्न



ज्ञानमन्दिर सेकेण्डरी इङलिस स्कुलको अभिभावक दिवस भव्यताका साथ सम्पन्न

का.म.न.पा १६, बालाजु स्थित ज्ञानमन्दिर सेकेण्डरी इङलिस स्कुलले भव्यताका साथ अभिभावक दिवस मनाएको छ। अध्यक्ष श्री पुरुषोत्तम मनान्धरज्युको सभापतित्वमा, प्रमुख अतिथी संस्कृतिविद तथा शताव्दी पुरुष आदरणीय सत्यमोहन जोशी ज्यु रहनुका साथै अतिथीहरुमा प्रगतिशील नागरिक मञ्च, समर्पण टोल सुधार समिति, बालाजु महानगरीय प्रहरी बृत्त, बालाजु कराते प्रतिष्ठान, विभिन्न स्कुलका प्रीन्सिपलहरु, राष्ट्रिय कलाकारहरु, विभिन्न क्षेत्रका वौद्विक व्यक्तित्वहरु तथा पत्रकार मित्रहरुलाई आमन्त्रित गरिएको थियो।




 "अभिभावक दिवस"को अवसरमा विद्यार्थीहरुद्वारा विभिन्न थरीका सन्देशमुलक, धार्मिक, मनोरञ्जनात्मक नृत्यहरु, गीत संगीत लगायतका बृहत् सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। अभिभावक तथा आगन्तुकहरुको बाक्लो उपस्तिथिमा S.E.E मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी तथा विभिन्न विधामा प्रतिभाशाली बिद्यार्थीहरुलाई बिशेष सम्मानका साथ स्वर्ण पदक लगायतले पुरस्कृत गरिएको थियो। कार्यक्रम संचालक श्री फणीन्द्र भट्टराईद्वारा ज्ञानमन्दिर सेकेन्डरी इङलिस स्कुलले थप दुईवटा नवीन कार्य सुरु गरेको बताउनु भयो। जस मध्ये पहिलो, सुन्दर शब्द तथा संगीतले भरिएको "हाम्रो ज्ञानमन्दिर" बोलको गीत स्कुलको अधिकारिक गीतको रुपमा बिमोचन गरेको थियो। त्यसै गरि दोस्रो, यसै वर्षबाट "ज्ञानमन्दिर दर्पण" प्रमुख अतिथी आदरणीय सत्यमान जोशी ज्युको हातबाट बिमोचन गरिएको थियो। उक्त विमोचित स्मारिकामा ज्ञानवर्दक विभिन्न लेखहरु, विद्यार्थीहरुका रचनात्मक लेख, कविता, चित्रकला, विभिन्न कार्यक्रमका जानकारीमुलक तस्वीरहरुका साथै हालसम्म यस विद्यालयबाट SLC/SEE दिएका सम्पुर्ण विद्यार्थीहरुको नाम स्मारिका मार्फत प्रकाशित गरिएको छ।



स्कुलका अध्यक्ष श्री पुरुषोत्तम मानन्धरद्वारा स्थापनाको ३२ औं वर्ष स्कुलले अनेकन समस्या तथा चुनौतीका वावजुद पनि गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेको कुरालाई मनन गर्दै स्कुलका संस्थापक स्व. केशव लाल नेपालीको विशेष योगदानको स्मरण गर्नुभयो।

 स्कुलका प्रीन्सिपल श्री रबिन बस्नेतद्वारा सम्पुर्ण आगन्तुक, विद्यार्थी तथा अभिभावकहरुको माझ हरेक विद्यार्थीहरुको फरक फरक बिशेषता हुने र त्यसको पहिचान गरि गुणस्तरीय शिक्षा तथा सुन्दर समाज बनाउन आवश्यक ज्ञान प्रदान गर्ने प्रति प्रतिवध्दता जनाउनु भयो।


 त्यसैगरी कार्यक्रमको आकर्षणको रुपमा रहेका प्रमुख अतिथी, संस्कृतिविद तथा शताब्दी पुरुष आदरणीय सत्यमोहन जोशी ज्यु आफ्नो मन्तव्य राख्ने क्रममा ऐतिहासिक,सांकृतिक, दार्शनिक महत्वको भुमी बालाजु, नागर्जुनको सेरोफेरोमा रहेको ज्ञानमन्दिर स्कुलको यस कार्यक्रममा आदिकवी भानुभक्त आचार्यद्वारा यहि ठाउँबाट टोटक छन्दमा रचना गरिएको "चपला अवलाहरु एक सुरमा, गुनकेशरी फूल लिई शिरमा" बजाउन सुझाव दिदैं, नागर्जुन पनि आफ्नै दार्शनिक पक्ष शुन्यवादको लागि प्रख्यात रहेको चर्चा गर्नु भयो। अभिभावक दिवसको अवसरमा उपस्थित सम्पुर्णमा मानव भएर जन्मे पछि म कहाँबाट आए?, किन आए?, कता जान्छु? जस्ता आध्यात्मिक प्रश्नको उत्तर पनि खोज्नु पर्ने तर्क उहाँले राख्नु भयो। सम्पुर्ण स्कुल परिवार, उपस्थित विद्यार्थी तथा आगन्तुकहरुमा ज्ञानको मार्ग हिड्न प्रेरित गर्दै, सम्पुर्णमा शुभकामना दिनु भयो।








विद्यार्थी जगत
युरो किड्सको अभिभावक दिवस भव्यताका साथ सम्पन्न।

युरो किड्सको अभिभावक दिवस भव्यताका साथ सम्पन्न।

टोखा नगरपालिका, गोंगबु स्थित युरो किड्स स्कुलले भव्यताका साथ तेस्रो अभिभावक दिवस मनाएको छ। अध्यक्ष ...

चैत्र २५, २०७५
बागेश्वरी कलेजमा अध्यनरत आठौं सेमेस्टरका  बिद्यार्थीहरु  को विदाई कार्यक्रम सम्पन्न

बागेश्वरी कलेजमा अध्यनरत आठौं सेमेस्टरका बिद्यार्थीहरु को विदाई कार्यक्रम सम्पन्न

साराखबर संवाददाता, नेपालगन्ज । मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल आई. टी. सम्वन्धी ...

चैत्र ६, २०७५
आइडियल पव्लीक हाई स्कुलले कक्षा १० का विद्यार्थीहरुलाई विदाई

आइडियल पव्लीक हाई स्कुलले कक्षा १० का विद्यार्थीहरुलाई विदाई

साराखबर संवाददाता नेपालगन्ज ,आइडियल पव्लीक हाई स्कुल नेपालगन्जले बिहीवार कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेको छ ...

चैत्र १, २०७५
  विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक सम्पन्न

विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक सम्पन्न

 नेपालगञ्ज , विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा गरेको ...

फाल्गुन २४, २०७५
नेपालगन्ज टेक्निकल कलेजका विद्यार्थि र शिाक्षकको खाजा खर्च कटाएर बुद्धिमानलाइ सहयोग

नेपालगन्ज टेक्निकल कलेजका विद्यार्थि र शिाक्षकको खाजा खर्च कटाएर बुद्धिमानलाइ सहयोग

दिनेश ठाकुर ,नेपालगन्ज  , बाँकेको वैजनाथ गाँउपालीका वडा नं ८ का वुद्धिमान कुवरको उपचारका लागी सहयोग ...

माघ २१, २०७५