जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नारी दिवसमा महिला संसदकै गुनासाे



नारी दिवसमा महिला संसदकै गुनासाे

काठमाडौंः राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले समाजमा मात्रै नभै संसदमा पनि महिला हिंसा हुने गरेको बताएकी छन्।

शुक्रबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बोल्दै सांसद चौधरीले समाजमा मात्र नभएर संसदमा पनि महिला हिंसा हुने गरेको बताएकी हुन्।

उनले भनिन्, ‘संसदमा महिलालाई शो-पिस बनाइयो। अब हामीलाई समानुपातिकबाट ल्याउनुपर्दैन। प्रत्यक्षमा चुनाव लड्न तयार छौं ।’

बजेट वितरणमासमेत महिला सांसदलाई विभेद गरिएको आरोप लगाउँदै उनले चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको गुनासो गरिन्।

पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको उनको तर्क थियो। आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरूष र उपप्रमुखजति महिलालाई दिइएको गुनासो गरिन्।

चौधरीले निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन्। ‘निर्मला पन्तको हत्यारा पत्ता लागिसेकेको छ। तर, सरकारले लुकाएको छ। गरिब र निमुखालाई मात्रै नियम लाग्ने हो ?,’ उनले भनिन् ।

बलात्कारीलाई फास्ट ट्रयाकबाट कारबाही गर्ने व्यवस्थासहितको कानुन बनाउनुपर्नेमा चौधरीको जोड थियो।



राष्ट्रिय समाचार
कञ्चनजंघा आरोहणको क्रममा दुईको मृत्यु, एक बेपत्ता

कञ्चनजंघा आरोहणको क्रममा दुईको मृत्यु, एक बेपत्ता

काठमाडौँ —  कञ्चनजंघा हिमाल आरोहणको क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको काठमाडौंस्थित पीक ...

जेठ २, २०७६
मिडिया काउन्सिल विधेयक साेच विचार गरेर नै ल्याएकाे हाेः प्रधानमन्त्री केपी शर्मा ओली

मिडिया काउन्सिल विधेयक साेच विचार गरेर नै ल्याएकाे हाेः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका छन् ...

जेठ २, २०७६
त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू

त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू

त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि सुरू गरिएको छ।काठमाडाैँ । नुवाकोटको किस्पाङ ...

जेठ १, २०७६
मुख्यमन्त्रीकाे कारणले प्रदेश नं. ३ काे राजधानी ''काभ्रे'' ताेक्न ढिलाे भएकाे हाे : सांसद लक्ष्मण लम्साल

मुख्यमन्त्रीकाे कारणले प्रदेश नं. ३ काे राजधानी ''काभ्रे'' ताेक्न ढिलाे भएकाे हाे : सांसद लक्ष्मण लम्साल

काठमाडाैँ । गणतन्त्र नेपालकाे संघीय संरचनामा अहिले प्रदेशकाे नाम र राजधानीका लागि धेरै विवाद भइरहेकाे छ ...

बैशाख २९, २०७६
नेटवर्किङ व्यवसायकाे नालिबेली कथा , नेपालीहरू यसरी फसाउँछन्

नेटवर्किङ व्यवसायकाे नालिबेली कथा , नेपालीहरू यसरी फसाउँछन्

काठमाडौं,  सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाएको छ । नेटवर्किङ व्यवसायकै कारण धेरै नेपाली ठगिने क्रम ...

बैशाख २९, २०७६
प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

काठमाडौं । प्रहरीको काम नियम पालना गराउनु र उलंघन गर्नेलाई कारबाही गर्नु हो । तर ...

बैशाख २६, २०७६