चैत्र ८, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपालगञ्जमा मिस नेपाल २०१९ को अडिसन भोलिदेखि हुँदै



नेपालगञ्जमा मिस नेपाल २०१९ को  अडिसन भोलिदेखि हुँदै

साराखबर संवाददाता
नेपालगञ्ज ,द हिडन ट्रेजरले प्रत्येक बर्ष आयोजना गर्ने मिस नेपाल २०१९ को नेपालगञ्ज अडिसन भोलि हुँदैछ । नेपालगञ्ज अडिसन नेपालगञ्जको कारकाँदोस्थित होटल किचेन हटमा भोलि विहान ११ बजे देखि हुन लागेको हो ।

  द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले काठमाण्डौ बाहिरबाट पनि मिस नेपालमा सहभागिता सुनिश्चतताका लागि नेपालगञ्ज लगायत मोफसलका अन्य सहरहरुमा अडिसन गर्न लागेको जानकारी दिनुभयो ।

नेपालगञ्जमा आज गरिएको पत्रकार सम्मेलनमा कंसाकारले १२ कक्षा उत्तीर्ण गरेका १९ बर्षदेखि २५ बर्षसम्मका ५ फिट ४ इन्च अग्ला अविवाहित युवतीहरुले प्रतियोगितामा भाग लिन सक्ने बताउनुभयो ।

 २०१८ की मिस सुपरनेशनल महिमा सिंहले युवतीहरुको व्यक्तित्व विकासका लागि मिस नेपाल अत्यन्त उत्कृष्ट मञ्च भएको बताउनुभयो । २०१६ की मिस अर्थ रोशनी खत्रीले मिस नेपालमा कुनै टाइटल वा ताज नजिते पनि सहभागिता जनाउँदा मात्रै पनि त्यो निकै उपलब्धिमूलक हुने बताउनुभयो ।

भोलिको अडिसनको स्थानीय साझेदारका रुपमा नेपालगञ्ज जेसिस रहेको छ । नेपालगञ्ज जेसिसले स्थानीय रुपमा कार्यक्रमको संयोजन गरिरहेको अध्यक्ष रत्नकाजी शाक्यले बताउनुभयो भने कार्यक्रमको मिडिया संयोजकमा जेसिसका सदस्य प्रज्वल श्रेष्ठ रहनुभएको छ।

स्थानीय समाचार
भक्तपुरका डा. इवामुरा अस्पतालको लापरवाहीले विरामीकाे मृत्यु , पाँचलाख दिएर घटना लुकाउन खाेज्दै

भक्तपुरका डा. इवामुरा अस्पतालको लापरवाहीले विरामीकाे मृत्यु , पाँचलाख दिएर घटना लुकाउन खाेज्दै

भक्तपुर । लडेर हात भाँची उपचार गर्न आएका विरामीको अस्पतालको लापरवाहीले ज्यान गएको छ । ...

चैत्र ७, २०७५
काभ्रेकाे राेशीगाउँपालिकामा गाेली हानाहान फेसबुकमा मात्र ,

काभ्रेकाे राेशीगाउँपालिकामा गाेली हानाहान फेसबुकमा मात्र ,

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूह र प्रहरीबीच गोली हानानहान भएको समाचार हल्ला मात्र ...

चैत्र ६, २०७५
नेपालगञ्जमा अन्तर धार्मिक संजालद्वारा होलि मिलन कार्यक्रम  सम्पन्न

नेपालगञ्जमा अन्तर धार्मिक संजालद्वारा होलि मिलन कार्यक्रम सम्पन्न

साराखबर संवाददातानेपालगञ्ज नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ मा होलि मिलन कार्यक्रम गरिएको छ । ...

चैत्र ५, २०७५
बागेश्वरी एफ एमका लेखा संयोजक सुवेदीलाई मातृ शोक

बागेश्वरी एफ एमका लेखा संयोजक सुवेदीलाई मातृ शोक

साराखबर संवाददाता नेपालगञ्ज, रेडियो बागेश्वरी एफएमका लेखा संयोजक पूर्ण चन्द्र सुवेदीलाई मातृ शोक परेको छ । ...

चैत्र ५, २०७५
बाँकेका वडा अध्यक्षहरु संगठीत, संयोजकमा मिश्र चयन

बाँकेका वडा अध्यक्षहरु संगठीत, संयोजकमा मिश्र चयन

नेपालगञ्ज, बाँकेमा निर्वाचित स्थानीय तहका वडाध्यक्षहरु संगठित भएका छन् । डुडुवा गाउँपालिका वडा नं। ६ ...

चैत्र ४, २०७५
बाँकेको राप्तीसोनारीमा वडा सदस्य वलीको लगानीमा फुटवल मैदान तयार हुँदै

बाँकेको राप्तीसोनारीमा वडा सदस्य वलीको लगानीमा फुटवल मैदान तयार हुँदै

साराखबर संवाददातानेपालगन्ज ,बाँकेको राप्तीसोनारी गाउँपालिका २ कचनापुर टीकुलीपुरमा जनप्रतिनिधीको सहयोगमा फुटबल मैदान तयार  गरिदै  छ ...

चैत्र ४, २०७५