बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
१३०० यात्रीहरुले भरिएको एउटा क्रूज जहाज समुद्रमा फस्दा नर्वेको बचाउ दल सक्रिय



१३०० यात्रीहरुले भरिएको एउटा क्रूज जहाज समुद्रमा फस्दा नर्वेको बचाउ दल सक्रिय

ओस्लो, नर्वे  । नर्वेको समुद्रतट नजिकै खराब मौसमको कारण एउटा पानी जहाज समुद्रमा फसेको छ । १३०० यात्रीहरुले भरिएको सो क्रूज तीव्र हावाहुरीका कारण आएको समुद्री छालका कारण समस्यामा परेको हो । समुद्रमा फसेर समस्या आए पश्चात् उक्त क्रुजले आपतकालिन संकेत पठाएको थियो । जहाजबाट आपातकालिन संकेत पाए लगत्तै तुरुन्त हर्कतमा आएको नर्वेको बचाउ दलले जहाजमा रहेका १३०० यात्रीहरुको उद्धारकार्यमा सक्रियता देखाएको छ । जहाजमा यात्रा गरिरहेका यात्रीहरुको उद्धारका लागि ४ हेलिकप्टर प्रयोगमा ल्याइएका छन् । खराब मौसमका कारण बचाउ अभियानमा अड्चन आइरहेको भए पनि हालसम्म ठुलो संख्यामा यात्रीहरुलाई हवाई मार्ग मार्फत सुरक्षित स्थानमा ल्याइ पुर्याउन नर्वे सफल भएको जनाएको छ ।

प्राप्त जानकारी अनुसार, प्रतिकूल मौसमका कारण भाईकिङ्ग स्काई नामको क्रूज जहाजको ईन्जिनमा गत शुक्रवारदेखि नै समस्या देखिएको थियो । शनिवार जब स्थिति झन बिग्रीयो तबमात्र क्रूज चालक दलले नजिकैको कन्ट्रोल रूमसँग सहायताको लागि सूचना पठायो ।

त्यस पश्चात् तत्काल सक्रिय बनेको नर्वेको सरकारी संयन्त्रले चार हेलीकप्टर लगाएर बचाउ अभियान शुरू गर्‍यो । देशका प्रहरी प्रमुख टोर आन्द्रेले जहाजमा फसेका सम्पूर्ण यात्रीहरुलाई समय मै सुरक्षित निकालिने भरोसा दिलाएका छन् । खराब मौसम र तीव्र हावाले समुद्रमा आएको उच्च छालका कारण बचाउ कार्यमा समस्या आइरहेको छ ।

जहाज जुन स्थानमा फसेको छ, त्यहाँ पानीको सतहको मुनि अग्ला चट्टानहरु छन्, त्यसैले उद्धारका लागि अर्को पानी जहाज पठाउन पनि खतरापूर्ण छ ।  बचाउ दलका प्रवक्ताका अनुसार हाल क्रूजको एक ईन्जिनलेमात्र काम गरिरहेको अवस्था छ । उनी भन्छन्, 'तटभन्दा दुई किलोमीटरको दूरीमा जहाजले anchor खसालेको छ । जहाज त्यहाँबाट अघि बढ्न सकिरहेको छैन । हालसम्मलाई स्थिति सामान्य र अन्य सबै कुरा ठिकै छ ।'

अन्तर्राष्ट्रिय समाचार
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरु,   घुस लिएको आरोप अस्वीकार गर्दै आएका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले स्वयंलाई गोली हानी ...

बैशाख ४, २०७६
अमेरिकामा नेपाली परेड

अमेरिकामा नेपाली परेड

न्यूयोर्क । अमेरिकाको कोलोराडो स्थित सामाजिक संस्था “हेल्पिङ हेण्ड्स” को सहयोग र “रक्की माउण्टेन फ्रेन्डस ...

बैशाख ३, २०७६
कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

काठमाडौँ । कतार भ्रमणमा रहेनु भएका सभमुख कृष्णबहादुर महाराले कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री शेख ...

चैत्र २४, २०७५
एक २० वर्षिया महिलाले पहिलो बच्चा जन्माएको २६ दिन मै फेरि जन्माइन् जुम्ल्याहा बच्चाहरु

एक २० वर्षिया महिलाले पहिलो बच्चा जन्माएको २६ दिन मै फेरि जन्माइन् जुम्ल्याहा बच्चाहरु

बङ्गलादेश :  बङ्गलादेश कि एक २० वर्षिया महिलाले गत हप्ता शुक्रबार मात्र एक महिनाको अन्तरालमा ...

चैत्र १४, २०७५
मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा

मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा पत्नी मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग'ले बिक्रीको हिसाबमा नयाँ कीर्तिमानी ईतिहास ...

चैत्र १४, २०७५
कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम,  उद्घाटन भोलि हुने ।

कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम, उद्घाटन भोलि हुने ।

दोहा, कतार : ४३.४ करोड डलर (करिब ४७.७ अर्ब रुपैँया) को लागतमा बनेको कतारको डेजर्ट ...

चैत्र १२, २०७५