असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम, उद्घाटन भोलि हुने ।



कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम,  उद्घाटन भोलि हुने ।

दोहा, कतार : ४३.४ करोड डलर (करिब ४७.७ अर्ब रुपैँया) को लागतमा बनेको कतारको डेजर्ट रोज (मरुभूमिको गुलाफ) रुपि नवनिर्मित म्यूजियम यही बिहीवारदेखि सर्वसाधारणहरुका लागि खुल्ला गरिने भएको छ । यो म्यूजियमको एकदिन अघि बुधवार नै भव्य उद्घाटन समारोह पनि हुने भनिएको छ । कतारका शासक शेख तामीन बिन हमद अल थानी र फ्रान्सका प्रधानमन्त्री एड्वर्ड  फिलिपको प्रमूख उपस्थितिमा उक्त समारोह हुने बताइएको छ ।

मरूभूमिको गुलाफ (डेजर्ट रोज) को आकृतिको यो म्यूजियम ७ वर्षमा तयार पार्ने लक्ष्य लिईएको भए पनि यसलाई तयार हुन १० वर्ष समय लागेको छ । ५२,००० स्क्वायर मिटरमा फैलिएको यो म्यूजियम दोहाको वाटरफ्रन्ट कर्निशमा अवस्थित छ । एयरपोर्टदेखि सिटी सेन्टरको बिचमा यो एक हेर्न लायक भवन हुनेछ ।


डेजर्ट रोज नेशनल म्यूजियममा प्रवेश गर्ने बित्तिकै ९०० मिटरको क्षेत्रफलमा ११४ पानीका फोहराहरु राखिएका छन् । यसको घुमाउरो छतमा ३,६०० फरक-फरक आकृति र आकारका ७६,००० पत्ती लगाइएका छन् । भित्र १,५०० मिटर लामो ग्यालरी स्पेस रहेको छ । आर्किटेक्ट जिन नौभेल द्वारा डिजाइन गरिएको यस म्यूजियममा मरुभूमिमा पाइने १५ लाखभन्दा बढी हिरामोती, पन्ना जस्ता अमूल्य रत्नहरु, गहना र पोशाकहरु, महत्वपूर्ण कागजात, पांडुलिपिहरू तथा बिभिन्न तस्विर, मूर्ति र विशेष चित्रहरुले भरिएको छ ।

म्यूजियमका डाईरेक्टर शेख अमना बिन अबदुल्लाजीज बिन जासीम अल-थानी भन्छन्, 'डेजर्ट रोज म्यूजियमले कतारको इतिहास र यहाँको मानिसहरुको कथा बयान गर्दछ ।’



अन्तर्राष्ट्रिय समाचार
कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

वासिङ्टन, एजेन्सी। साधारणतया एक रुखमा एक फल फल्ने गरेको हामीले सुन्दै वा देख्दै आएका छौं ...

जेठ ३०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली  बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

लन्डन । बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा निकै व्यस्त रहे । ...

जेठ २९, २०७६
अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

न्यूयोर्क,  अमेरिका ।  भारी वर्षा र खराब मौसमको कारण सोमवार मिडटाउन म्यानहट्टनमा एक ५१ तल्ले ...

जेठ २८, २०७६
स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

सिंगापुरको स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ गरेर उक्त विमानलाई ...

जेठ २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको  मन्त्रिपरिषदमा  ५८ सदस्यीय

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको मन्त्रिपरिषदमा ५८ सदस्यीय

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता ...

जेठ १७, २०७६
बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइन । नेपाल तामाङ घेदुङकाे प्रवास शाखा बहराइनले महेन्द्र  तामाङकाे अध्यक्षतामा २५६३ औँ बुद्ध जयन्तिकाे ...

जेठ १२, २०७६