असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा



मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा पत्नी मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग'ले बिक्रीको हिसाबमा नयाँ कीर्तिमानी ईतिहास रचेको छ । सन् २०१८ नोवेम्बर १३ मा प्रकाशित भएदेखि हालसम्म संसार भर यो पुस्तकको एक करोडभन्दा धेरै प्रति बिक्री भइसकेको बताइएको छ । प्रकाशित भई बजारमा आएको केवल १५ दिन भित्रै अमेरिका र क्यानडामा मात्र २० लाख भन्दा धेरै प्रति बिकेको यस कृतिलाई ब्रिटेनमा छ लाख जनाले किनेको तथ्याङ्क छ ।


पेङ्गुइन र्याण्डम हाउसद्वारा प्रकाशित यो पुस्तक सबैभन्दा छिटो बिक्री भएको आत्मकथा बनिसकेको छ । राम्रो बिक्री हुने पुस्तकहरुको तथ्याङ्क राख्ने नेल्शन बुकस्क्यानको सूचिमा सन् १९९८ देखि यू.केमा धेरै बिक्री हुने पुस्तकको सूचिमा मिशेलको यो किताबले ११ औं स्थान ओगट्न सफल भएको छ । गार्जियन पत्रीकामा आत्मकथा श्रेणीमा बिकमिङ्गको प्रदर्शन शानदार रहेको नेल्शन बुकस्क्यानले बताएको छ ।

 

३१ भाषामा प्रकाशित गरी सार्वजनिक गरिएको यो पुस्तक पहिलो दिन मै ७,२५,००० प्रति बिक्री भएको थियो भने २ हप्तामा मात्र नर्थ अमेरिकामा २० लाख प्रति बिकेर त्यहाँ सन् २०१८ को सबैभन्दा बढी बिक्री भएको पुस्तक बन्न सफल भयो । यसले यूरोपमा पनि सबैभन्दा बढी बिक्री भएको पुस्तकको रेकर्ड तोडेको छ ।

प्रथम महिलाको रुपमा ओबामाको अनुभव, व्हाइट हाउसमा उनको जीवन, उनको विवाह, दुई छोरी मालिया र सासाको जन्म विवरण आदि लगायतका कुराहरु समेटिएको यो आत्मकथाको पहिलो भागको लागि  सन् २०१७ मा मिशेलले प्रकाशन गृहसँग ६ करोड अमेरिकी डलरमा सम्झौता गरेकी थिईन् । 

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाको आत्मकथा पनि यस लगत्तै अर्को साल प्रकाशित गर्ने तय भईसकेको जनाइए पनि त्यसको आधिकारिक मिति भने अझै सार्वजनिक गरिएको छैन ।



अन्तर्राष्ट्रिय समाचार
कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

वासिङ्टन, एजेन्सी। साधारणतया एक रुखमा एक फल फल्ने गरेको हामीले सुन्दै वा देख्दै आएका छौं ...

जेठ ३०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली  बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

लन्डन । बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा निकै व्यस्त रहे । ...

जेठ २९, २०७६
अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

न्यूयोर्क,  अमेरिका ।  भारी वर्षा र खराब मौसमको कारण सोमवार मिडटाउन म्यानहट्टनमा एक ५१ तल्ले ...

जेठ २८, २०७६
स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

सिंगापुरको स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ गरेर उक्त विमानलाई ...

जेठ २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको  मन्त्रिपरिषदमा  ५८ सदस्यीय

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको मन्त्रिपरिषदमा ५८ सदस्यीय

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता ...

जेठ १७, २०७६
बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइन । नेपाल तामाङ घेदुङकाे प्रवास शाखा बहराइनले महेन्द्र  तामाङकाे अध्यक्षतामा २५६३ औँ बुद्ध जयन्तिकाे ...

जेठ १२, २०७६