बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
चालकले जेब्रा क्रसिङमा सवारी साधन नराेके जरिवाना



चालकले  जेब्रा क्रसिङमा सवारी साधन नराेके जरिवाना

काठमाडौं । काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि अब कारवाही हुने भएको छ ।
  
पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा चालक र परिचालकको कर्तब्य तोकिएको छ ।  ऐनको दफा १२ मा उल्लेखित चालकको कर्तब्यहरुमध्ये बुँदा ‘घ’ मा जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने चालकमाथि कारवाहीको व्यवस्था गरिएको छ ।

यो कसुरमा चालकमाथि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्मको जरिवाना हुने ऐनमा उल्लेख छ ।  यस्तै निर्धा्रित बाहेकका स्थानमा सवारी साधन रोक्ने, यात्रुसँग अशिष्ट भाषामा कुरा गर्ने र निर्धा्रित पोशाक नलगाई सवारी साधन चलाउने चालकमाथि पनि सोही जरिवाना हुनेछ ।

बस स्टपमा निर्धा्रित समय भन्दा बढी समय सवारी साधन रोक्ने, अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउने चालकमाथि पनि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

यो ऐन काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको हकमा लागू गर्न लागेको हो । प्रमाणीकरण भई एक महिनाभित्र ऐन कार्यान्वयनमा आउने महानगरपालिकाले जनाएको छ ।


राष्ट्रिय समाचार
नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे

नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे

काठमाडौँ । केन्द्रमा पार्टी एकता गरेको ११ महिनापछि नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगाएको ...

बैशाख ८, २०७६
मह जोडीलाई  वसुन्धराश्री र मानश्री पुरस्कार दिने निर्णय

मह जोडीलाई वसुन्धराश्री र मानश्री पुरस्कार दिने निर्णय

काठमाडाैँ । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले  वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई याे ...

बैशाख ७, २०७६
बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न (फोटो फिचर)

बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न (फोटो फिचर)

बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न भएको मुल मेला व्यवस्थापन समितिले ...

बैशाख ६, २०७६
 बानेश्वर र कोटेश्वरमा आकाशे पुलकाे  निर्माण शुरू यही महिनाबाट

बानेश्वर र कोटेश्वरमा आकाशे पुलकाे निर्माण शुरू यही महिनाबाट

काठमाडौं । बानेश्वर र कोटेश्वरमा ओभरहेड ब्रिज (आकाशे पुल) निर्माणका लागि टेन्डर प्रकृया पुरा भएको ...

बैशाख ६, २०७६
राष्ट्रपति भण्डारी साताब्यापी चीन भ्रमणमा जाने

राष्ट्रपति भण्डारी साताब्यापी चीन भ्रमणमा जाने

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । चीनको राजकीय भ्रमण ...

बैशाख ६, २०७६
सामुदायिक विद्यालयमा  आधुनिक प्रविधिकाे शाैचालय

सामुदायिक विद्यालयमा आधुनिक प्रविधिकाे शाैचालय

 काठमाडौं । कम लगानी र थोरै समयमा कम्तीमा ४० बर्ष आयु भएका धेरै शौचालय निर्माण ...

बैशाख ६, २०७६